जन्मदिनका अवसरमा अनेरास्ववियूका नेता भट्टद्वारा कोरोना संक्रमित बिरामीलाई फलफुल


कञ्चनपुरका एक विद्यार्थी नेताले आफ्नो जन्मदिनका अवसरमा महाकाली अस्पतालमा उपचारार्थ कोरोनाका बिरामीलाई फलफुल वितरण गरेका छन् । सत्तारुढ नेकपा निकट अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य किशोर भट्टले आफ्नो जन्मदिनको अवसरमा कोरोना संक्रमित बिरामीललाई फलफुल वितरण गरेका हुन् ।

शनिबार नेता भट्टले जन्मदिवसको अवसर पारेर महाकाली अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णानन्द भट्ट(किरण) एव स्वास्थ्यकर्मी कर्मचारीलाई स्याउ, आँप र केरा हस्तान्तरण गरेका छन् । विद्यार्थी नेता भट्टले संक्रमित बिरामीलाई हौसला प्रदान गर्नका लागि आफ्नो खुसीको दिन उनीहरुसंग खुसी बाँडन चाहेको बताए । ‘अहिले कोरोना संक्रमित भन्दा समाजका उनीहरुप्रति हेर्नेदृष्ट्रिकोण फरक छ, ‘उनले भने, ‘संक्रमितलाई हामीले थप हौसला स्नेह आत्मबल दिनुपर्छ ।’ समाजबाट भरपुर प्रेरणा पाए संक्रमितको आधा रोग उस्तैपनि निको हुने नेता भट्टको भनाई छ । नेता भट्टले जन्मदिन बाहेक पनि अन्य समारोहमा समाजिक काम गर्दै आएका थिए । भट्टले संक्रमित बिरामीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

नेता भट्टले महाकाली अस्पतालमा उपचारार्थ कोरोना संक्रमित बिरामीलाई यसरी आफ्नो जन्मदिनमा फलफुल वितरण गरेपछि अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, चिकित्सक, स्वास्थ्यकर्मी, स्वयम बिरामी एव समाजिक क्षेत्रका अगुवाले भट्टको कार्यको प्रसंसा गरेका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img