दुईदिने एकीकृत कृषक क्षमता बिकास अभिमुखी करण तालीम सम्पन्न

  • रमेश बोहरा

बझाङको साईपाल गाँउपालीकामा वडा नँ ३ मा दुईदिने एकीकृत कृषक क्षमता बिकास अभिमुखी करण तालीम सम्पन्न भएको छ ।

बिहिवारवाट सुरु भएको कार्यक्रमा मुख्यमन्त्री एकिकृत कृषी तथा पसुपन्छी बिकास कार्यक्रम अन्तरगत दुई दिने अभिमुखी करण तालीम सम्पन्न भएको हो । कार्यक्रममा भेडा पालन ब्यावसाएवाट आत्मनिर्भर भई आयआर्जन कसरी गर्ने वेरोजगारी कसरी हटाउने भेडापालन ब्यावसाय वाट घरेलु उध्योग कसरी निर्माण गर्ने भन्ने छलफल भएको भेटनरी अस्पताल तथा पसुबिज्ञ केन्द्रका प्राविधिक जय वहादुर खड्काले बताए ।

कार्यक्रममा सहभागीहरुलाई परिक्षणको लागी डालेघाँसको बिउ बितरण गरेको तालीममा सहभागी बिरेन्द्र वोहराले बताए । उक्त कार्यक्रममा ५६ जान भेडा कृषक सहभागी रहेका थिए ।

ताजा समाचार

This will close in 10 seconds