नेकपाका युवा नेता सरलद्वारा कञ्चनपुरका तीन स्थानीय तहलाई स्वास्थ्य सुरक्षा समाग्री

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) युवा नेता एव सुदूरपश्चिम प्रदेशका सदस्य ओम विक्रम भाट(सरल)ले कञ्चनपुरका तीन स्थानीय तहलाई स्वास्थ्य सुरक्षा समाग्री सहहयोग गरेका छन् । कोडिभ १९ को रोगथाम एव नियन्त्रणका लागि भन्दै नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सरलले बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकालाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेका हुन् ।
नेकपा बेदकोट नगर कमिटि अध्यक्ष लाल बहादुर परियारले नेकपा सुप कमिटि प्रदेश सदस्य सरलले तीनै स्थानीय तहलाई दिने भनिएका स्वाथ्य सुरक्षा समाग्री सम्बन्धीत स्थानीय तहलाई हस्तान्तरण गरेको बताए । उनका अनुसार व्यक्तिगत सुरक्षा समाग्री (पिपिई), मास्क, सेनिटाईजर, एम नाईटीफाईभ मास्क, पञ्जा लगायतका स्वास्थ्य सुरक्षा समाग्री दिएको छ । ‘तीनै नगरपालिका प्रमुखलाई स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरेका छौँ, ‘उनले भने, ‘यसबाट केही न केही राहत पुग्छ ।’ कञ्चनपुर संघीय निर्वाचन क्षेत्र नम्बर २का संयोजक रण बहादुर महरा, सचिव चन्द्रकान्त भट्ट(सिके), बेदकोट अध्यक्ष लाल ब. परियार, शुक्लाफाँटा नगर अध्यक्ष झक्तराज जोशी, युवा संघका नेता केपी कलौनी लगायत निर्वाचन क्षेत्र नम्बर २का नेकपा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । यस अघि पनि नेकपाका युवा नेता सरलले तीनै स्थानीय तहलाई खाद्यान्न सहयोग गरेका थिए ।
कहिले खाद्यान्न कहिले स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको भन्दै स्थानीय जनप्रतिनिधीले नेकपा युवा नेता सरलप्रति आभार प्रकट गरेका छन् । विपद्का बेला सहयोग गरेको भन्दै आभार प्रकट गरेका हुन् । उतिबेलै पनि नेकपा युवा नेता सरलले खाद्यान्न पठाउँदै पछि पछि सहयोग गर्ने बाचा गरेका थिए ।

ताजा समाचार