चिल्डेन पार्कमा भुसेईटाको प्रयोग गरेको भन्दै भीनपा ८ वडामा तालाबन्दी

कञ्चनपुरको भीमदत्त नगरपालिका ८ नम्बर वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । तिलाचौरमा चालु आर्थिक बर्ष ०७६/०७७मा निर्माण भईरहेको चिल्डे«न पार्कमा गुणस्तहिन भुसेईटाको प्रयोग भएको भन्दै स्थानीयले शुक्रबार बिहान तालबन्दी गरेका हुन् ।

स्थानीयहरुले वडाध्यक्ष ध्वज बहादुर विष्टले संचालन गरेको भुसेईटाभट्टाबाट कमजोर खालका ईटा प्रयोग गर्नुका साथै वडामा संचालित योजनामा भ्रष्टाचार भईरहेको भन्दै अनिश्चितकालका लागि तालाबन्दी गरेको बताएका छन् । स्थानीय तुल बहादुर थापाले हिटलर प्रवृतिले वडामा विकास भन्दा विनास बढेकाले गलत बिरुद्धमा आवाज उठाउँदा उठाँउदै समाधान नभएपछि बाध्य भएर तालाबन्दी गरेको बताए । ‘हामीले वडामा भईरहेका सबै योजनाको अनुगमन गरेर अधिकाँस मात्र होईन सबैमा भ्रष्टाचार भएको पाए, ‘उनले भने, ‘त्यही भएर अनियमितता रोक्नका लागि तालाबन्दी गरेका हौँ ।’ तालाबन्दी संगै वडाको कामकाज प्रभावित भएको छ ।

आर्थिक बर्ष सकिने बेला कामको चाप भएपनि स्थानीयले तालाबन्दी गरेपछि कामकाज प्रभावित भएको छ । वडाको सार्वजनिक जग्गा संरक्षणमा पनि जनप्रतिनिधीले आफ्नै मान्छे राखेर जनताको हित भन्दा आफ्नो र जनप्रतिनिधीको हितका लागि काम गरेकाले त्यस बिरुद्धमा समेत आन्दोलन रहेको उनले बताए । वडाध्यक्ष ध्वज बहादुर विष्टले पार्कमा कमसल खालका ईटा प्रयोग गरेको भन्ने अफवाह निराधार भएको बताए । ‘हामीले १९ हजार ईटा केदार शक्ति ईटा उद्योगबाट ल्याएका हौँ, ‘उनले भने, ‘केही कमि भएको छ, त्यो मेरै ईटाभट्टाबाट ल्याएको हुँ ।’ तीन/चार हजारको हाराहारीमा ल्याएका ईटा प्रयोग नगरेको बताउदै उनले त्यो पनि गुणस्तहिन नभएको दावि गरे ।

पैशा नहुँदा केदारशक्ति बाटै उधारो ईटा ल्याएको उनले बताए । अध्यक्ष विष्टले गाउँका केही व्यक्ति समुह मदिरा बेच्न नपाएको झोकमा विकासमा बिरोध गरिरहेको आरोप लगाए । केही व्यक्ति समुह अहिले केही न केही बहानामा वडाको विकासमा अवरोध गरिरहेको उनको भनाई छ । विकास गर्दा गलत गर्ने तत्वहरुले अनेकन अफबाह फैलाईरहेको उनले बताए । ‘यो केही होईन गाउँमा नराम्रो समाज बिरोध काम गर्न नपाएको झोकमा केही व्यक्ति समुह बिरोधमा उत्रेका छन, ‘अध्यक्ष विष्टले भने, ‘यो केही होईन, कुरो यही हो यसमा लुकाउनुपर्ने केही छैन् ।’ भीमदत्त नगरपालिका प्राविधिक शाखाले गुणस्तरिय ईटामात्रै प्रयोग गर्नुपर्ने जनाएको छ । भीमदत्त नगरका सव ईन्जिनियर नरेश रानाले दोयर र गुणस्तरिय ईटा हटाएको बताए । ‘हामीले पनि दोयम र गुणस्तरहिन ईटा हटाउन लगाएका छौँ, ‘उनले भने, ‘ईटा गुणस्तरिय हुनुपर्छ ।’ ईटा कमि हुने भएपनि वडाध्यक्षले दान गरेको उनको भनाई छ । चिम्नीबाटै दोयर, खन्जरा र राम्रा ईटा पठाएको उनले बताए । नगरपालिकाबाट गुणस्तरिय ईटा मात्रै प्रयोग गर्न निर्देशन दिएको बताउदै उनले गुणस्तरिय ईटाको मात्रै स्वीकृत गरिने बताए ।

ताजा समाचार