कोरोना कहर : सवारी पास स्थगित

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले दिने गरेको सवारी पास स्थगित गरिएको छ। विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस “कोभिड – १९” रोकथाम तथा नियन्त्रणका लागि देशभर लगाइएको लकडाउन लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाट दिइने अति आवश्यक सवारी पास अर्को सूचना जारि नहुन्जेलसम्म का लागि स्थगित गरिएको हो।

गृह मन्त्रालय ,आन्तरिक प्रशासन ,सवारी तथा सभा समारोह व्यवस्थापन शाखाले असार ११ गते जिल्ला लाई पत्राचार गरिएको पत्रमा सवारी पास जारी गर्ने कार्यलाई अझ बढी संवेदनशील र जिम्मेवारी तर्फबाट थप व्यवस्थापन गर्ने भनी निर्देशन प्राप्त भएकोमा सोको लागि आवश्यक तयारी गर्नुपर्ने भएकोले यस कार्यालयबाट अन्तर जिल्ला आवागमन गर्न कुनै पनि जिल्लाको लागि सवारी पास जारी गर्ने कार्य हाललाई स्थगित गरिएको सूचना मार्फत जनाएको छ। परिक्षणको मात्रा केही धेरै प्रभावकारी बने पछि पछिल्लो समयमा एका- एक दिनप्रतिदिन देशभर कोरोना संक्रमित संख्या ह्वात्तै बढ्दै गए पछि केही अब सबैले सजक र सुचित हुनु पर्ने देखिएको हुदा आम जनमानसमा त्रसित भाव उत्पन्न हुँदै गएको छ।

अबका दिनमा सवारी पास लाई ध्यान पुर्वक तरिकाले निगरानीका साथ आवश्यकता अनुरुप कडाइ गरि दिने व्यवस्थापन मिलाउनु पर्ने देखिन्छ।

ताजा समाचार