लालझाडी गाँउपालिकाको स्वास्थ्य र पुर्वाधारमा जोड,बजेट ३९ करोड पारित

असार मसान्त लाग्दै गर्दा पुरानो आर्थिक वर्षको समाप्ति र नयाँ आर्थिक वर्षको सुरुवाती संगै कुन स्थानिय तहले कति बजेट ल्याउने र के कस्ता नीति तथा कार्ययोजना मा जोड दिने भन्ने बारेमा धमाधम अहिले कतै नगरसभा त कतै गाउँसभाको चुचाट संगै रोनक चलेको छ।

कञ्चनपुरका सबै पालिकाहरु ले आ-आफ्नो बजेट तथा नयाँ कार्ययोजनामा आउदो आर्थिक वर्षमा निकै चासो देखाएको छ। यो संगै लालझाडी गाँउपालिकाले अगामी आर्थिक वषको बजेट र नीति तथा कार्यक्रम पारित गर्दै बुधबार सातौँ गाँउ सभाबाट गाँउपालिको बजेट र निति तथा कार्यक्रम संगै ३९ करोड ७८ लाख ५२ हजारको बजेट पारित भएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले बताएका छन् ।

उनका अनुसार गाँउपालिकाले अगामी आर्थिक वर्ष २०७७/७८ मा भौतीक पुर्वाधार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको र उक्त क्षेत्रमा विशेष जोड दिनुका साथै भौतिक पुर्वाधारमा पछाडी रहेका गाँउपालिकाले अगामी आर्थिक वर्षमा बिकासको मुख्य धार पुर्वाधारलाई प्राथमिकतामा राखेको छ। ‘यहाँ विशेष गरेर भौतिक पुर्वाधारको समस्या छ, मोटरेबल बाटोघाटो निकै समस्या छ ।’ प्रमुख अधिकृत बुढाले भने ‘गाँउपालिकामा सञ्चालित अधिकांश योजनामा गाउँपालिकाले पनि बजेट हाल्नु पर्ने भएकाले भौतिक पुर्वाधारमा बजेट बढी रहेको छ ।’ त्यस्तै गाउँपालिकाले स्वास्थ्य र कृषी क्षेत्रलाई पनि बजेटको मुलधार मा राखेको छ । भने कृषी क्षेत्रमा भैसी सुत्केरी भत्ता लगायत अन्य अनुदानमा आधारीत कार्यक्रम पनि गाँउपालिकाले अघि सारेको छ ।

ताजा समाचार