कृष्णपुरमा दुई दिनमै देखिए १ सय ८ जना कोरोना संक्रमित

कञ्चनपुरको कृष्णपुर नगरपालिका दुईदिनमै एक सय ८ जन कोरोना संक्रमित देखिएका छन् । यस अघि कञ्चनपुरका अन्य स्थानीय तहमा कोरोना संक्रमित देखिएपनि कृष्णपुरका देखिएका थिएनन् ।

कृष्णपुरका विभिन्न ३० क्वारेन्टाईनबाट पिसिआर विधीबाट कोरोना परीक्षणका लागि २ सय ४८ को नमुना संकलन गरिएको कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा उप संयोजक रतन विष्टले बताए । ‘हामीले पिसिआर विधिबाट कोरोना परीक्षणका लागि संकलन गरेको नमुना मध्ये १ सय ८जनाको मात्रै रिर्पोट आयो, ‘उनले भने, ‘अरुको आउँन बाँकी छ ।’ उप संयोजक विष्टका अनुसार १७ महिला ९१ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।

कृष्णपुर नगरका कुल ९ वडा मध्ये ३ नम्बर बाहेक सबै वडामा सक्रमण देखिएको छ । कृष्णपुर नगरपालिका कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढि १ नम्बर वडामा देखिएका छन् । सो वडामा २६ पुरुष ५ महिला, २ मा १ पुरुष, ४ मा १८ पुरुष ५ महिला, ५ मा ४ पुरुष, ६मा २ महिला, १७ पुरुष, ७मा १२ पुरुष १ महिला, ८मा ६ पुरुष र ९ मा ७ पुरुष र ४ महिलामा कोरोना पोजेटिभ देखिएको हो । ४ बर्षिया बालक देखि ४२ बर्षिया युवक सम्म कोरोना संक्रमण देखिएको छ । पुरुष तर्फ अधिकाँस युवक रहेका छन् । भने १८ महिला तर्फ मध्ये दुई बर्षिया बालिकादेखि चार गर्भवती महिला रहेका छन् । २ बर्षिया बालिकादेखि ५८ बर्षिया बृद्धसम्म कोरोना पृष्टी देखिएको छ । गर्भवती र अति बिरामीलाई उच्च प्राथमिकतामा राखेर आईशोलेट गरिने कृष्णपुर नगरपालिकाले जनाएको छ । कृष्णपुरमा कोरोना देखिएका सबै जना भारतबाट आएका हुन् । उनीहरुलाई नगरपालिकाले गड्डाचौकी र गौरीफन्टा नाकाबाट सिधै क्वारेन्टाईन गरिएपछि कृष्णपुर नगरपालिकामा कोरोना संक्रमण फैलिने खतरा टरेको छ ।

कृष्णपुर नगरका मेयर कर्ण हमालले कोरोना पोजेटिभ देखिएका सबैलाई आईशोलेट गरेर उपचार गरिने बताए । मेयर हमालले कोरोना देखिदैनमा नआत्तिन समेत आग्रह गर्दै नगरबासीलाई स्वास्थ्यप्रति सजक हुन आग्रह गरेका छन् । कृष्णपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत शिवसिह भण्डारीले हस्ताक्षर गरेको सुचना अनुसार अहिले ४ सय ६४ जना क्वारेन्टाईनमा बसेका छन् । जसमध्ये ५९महिला, ३ सय ८३ पुरुष, १४ बालक, ८ बालिका रहेका छन्

ताजा समाचार

This will close in 10 seconds