वन, वन्यजन्तु वातावरण संरक्षणका लागि लालझाडीमा ८० हजार बिरुवा उत्पादन

  • पहिलाद राना

पर्यावरण, वातावरण, वन र वन्यजन्तु संरक्षणका लागि कञ्चनपुरको लालझाडी गाउँपालिकामा ८० हजार बिरुवा उत्पादन गरिएका छन् ।

लालझाडी सव डिभिजन वन कार्यालय सुख्खडघाटले विभिन्न प्रजातिका ८० हजार बिरुवा उत्पादन गरेको हो । चालु आर्थिक बर्ष ०७६/०७७ मा उत्पादन गरिएका विभिन्न प्रजातिका बिरुवा साउनमा वितरण हुने छन् । लालझाडी सव डिभिजन वन कार्यालय सुख्खडघाटका कार्यालय प्रमुख करुणाकर जोशीले बिरुवा उत्पादन गरेर किसानलाई निःशुल्क वितरण गरिने बताए । ‘उत्पादन गरिएका बिरुवा किसानलाई व्यक्तिगत एव संस्थागत रुपमा वितरण गछौँ, ‘उनले भने, ‘किसानले व्यक्तिगत खेत र सामुहिक रुपमा सार्वजनिक जमिनमा बिरुवा रोप्छन् ।’

कार्यालय प्रमुख जोशीका अनुसार लिप्टीस, सिसम, कोईरालो, सागवान, अमला, बकाईनो, खयर, विजयाशाल लगायत प्रजातिका बिरुवा उत्पादन गरिएका छन् । खाली जमिन, कटानी क्षेत्रको जमिन, खोलानाला लगायतका बिरुवा उत्पादन गरिने छ । यसबाट वन पर्यावरणमा संरक्षण भई भूक्षयिकरण र वन्यजन्तुको समेत संरक्षणमा टेवा पुग्नेछ । उक्त बिरुवा उत्पादन गरिएको नर्सरीको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय कुमार मानन्धर लगायतको टोलीले अनुगमन समेत गरेको छ ।

ताजा समाचार