एमसीसी खारेजी गर्न सेती महाकाली मञ्चको माग

कालापानी लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएकोमा स्वागत

सेती महाकाली समाजवादी मञ्चले अमेरिन सरकारले नेपाललाई दिने भनिएको मेलेनियम च्यालेन्ज कर्पोलेशन(एमसीसी) खारेजीको माग अघि सारेका छन् । मञ्चले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै अमेरिनक सहयोग एमसीसी खारेजीको माग अघि सारेको हो ।

राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पास गर्ने कदम अगाडि बढाएको प्रति मञ्चे आपत्ति समेत प्रकट गरेको छ । ‘हाम्रो आग्रह छ सरकार यस कार्य बाट पछि हटोस र राष्ट्रिय सार्वभौमिकताको रक्षा गरोस, ‘विज्ञप्तीमा भनिएको छ, ‘हामी सेती महाकालीबाट सरकार र सदनमा प्रतिनिधित्व गर्ने सांसदलाई पनि आग्रह गर्दछौं कि तपाईहरु कसैले पनि राष्ट्रघाती एमसीसी संझौतामा हस्ताक्षर नगर्नुहोला, जनताको मतको सम्मान गर्नुहोला । ’ जनप्रतिनिधिलाई खबरदारी गर्नुस् र आफ्नो मतको दुरुपयोग राष्ट्रघातमा हुन नदिन सेती महाकालीका नागरिकमा आब्हान गरिएको छ ।

सरकार र सदनबाट सेती महाकालीमा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गर्ने र पारित गर्ने कार्यको मंचले स्वागत र सम्मान गरेको छ । अझै उक्त भुमि व्यवहारिक रुपमा स्वामित्वमा ल्याउन समेत माग अघि सारेको छ । मञ्चका संयोजक देविदत्त पाण्डेयले हस्ताक्षर गरेको विज्ञप्तीमा राष्ट्रघाती एमसीसी संझौताका विरुद्ध खबरदारीमा जुट्न र संयुक्त सहकार्यमा आउन आग्रह गर्दै राष्ट्रियताको पक्षमा उम्भिने जोसुकै शक्ति र व्यक्ति संग पनि संघर्षमा सहकार्य र एकता गर्न तयार रहेको जनाईएको छ ।

ताजा समाचार