कञ्चनपुरमा कोरोना संक्रमण दिनप्रतिदिन थपिदै कृष्णपुरमा एकैदिन ८५ जनामा कोरोना संक्रमित, स्थानीय त्रसित

कञ्चनपुरमा दिनप्रतिदिन कोरोना संक्रमित थपिदै कृष्णपुरमा एकैदिन ८५ जनामा कोरोना पृष्टी भएको छ । यस अघि १ देखि बढिमा २० जनासम्मा क्रमागत रुपमा देखिएका थिए । अहिले एकसाथ ह्वात्तै ८५ जनामा कोरोना देखिएको हो । उनीहरु एकै स्थानीय तहका हुन् ।

कृष्णपुर नगरपालिका कोडिभ १९ संयोजक नन्दलाल बोहराले एक साथ पहिलो पटक कृष्णपुरमा कोरोना संक्रमित देखिएको बताए । उनले १सय ९१ जनाको कोरोना परीक्षणका लागि स्वाब नमुना संकलन गरिएको बताए । यस अघि कृष्णपुरका एक जनामा पनि कोरोना देखिएको थिएन् । यो संगै कञ्चनपुरका कोरोना संक्रमितको संख्या १ सय ९२ पुगेको छ । यस अघि कञ्चनपुरका ९ स्थानीय तह मध्ये अन्य स्थानीय तहका १ सय ७ जनामा कोरोना पुष्टी भईरहेको छ । जसमध्ये सबैभन्दा बढि अहिले कृष्णपुर नगरमै भेटिएका छन् । कृष्णपुरमा एकैपटक ८५ जनामा कोरोना देखिएपछि व्यवस्थापनमा चुनौती देखिएको छ ।

स्थानीयमा समेत त्रास मच्चिएको छ । उनीहरु अधिकाँस भारतबाट आएको कृष्णपुर नगरपालिकाले जनाएको छ । कृष्णपुर स्वास्थ्य शाखाले बुधबार ६ बजेसम्म को को हुन भनेर पहिचान गर्न नसक्दा झन सक्रमण फैलिने देखिन्छ । महिला पुरुष कुन वडा कति भनेर १ सय ९१मा छनौट गर्दा भोलीसम्म समय लाग्ने भन्दै कृष्णपुरका स्वास्थ्यकर्मीले टारेका छन् ।

ताजा समाचार

This will close in 10 seconds