आधिकारिक निकायको समन्वयको अभाबले बझाङमा यार्सागुम्बा संकलन भएन

  • रमेश बोहोरा

बझाङ जिल्लाको दुर्गम क्षेत्र साइपाल गाउँ पालिकाका स्थानियले यस पाली आधिकारिक निकाएको समन्वयको अभाबका कारण यार्सागुम्बा टिप्न पाएका छैनन। जिल्ला बन कार्यालय र स्थानीय निकायले कोरोना बिश्व महामारिको भएका कारण यो साल बझाङमा यार्सा टिप्न अनुमति नदिएको कारण उनीहरुले टिप्न पाएनन।

यार्सागुम्बा संकलन गर्न बाहिरका मानिसको कुनै प्रबेश नभए पनि स्थानियलाई पनि गाउँ पालिकाले टिप्न अनुमती नदिदा उनिहरुको बर्षभरिको लागि खर्च जुटाउने स्रोत नै बन्द भएको छ। सधै जेष्ठ महिनादेखि नै यार्सागुम्बा टिप्न लेक जाने स्थानीयहरु यस पालि प्रतिबन्धको प्रवाह नगरि असारमा टिप्न गएका थिए तर यार्सागुम्बा सडिसकेको कारण रित्तो हात घरफर्किएका छन। २०५२ साल देखि यार्चागुम्बा बाट घरको सम्पुर्ण घर खर्च चलाउदै आएका स्थानीय खडक बोहराले स्थानिय निकायको हेल्चक्र्याइका कारण बर्ष भरिको हातमुख जोर्ने अधार गुमाएको बताउनु भयो ।

यसै गरे अर्का स्थानिय तथा काँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक उज्जल बोहराले भनु भयो यार्चागुम्बा र अन्य जडिबुटी लाई व्यवस्थित र वैज्ञानिक तरिकाले संकलन गर्नु पर्ने र स्थानीय सरकारले जडिबुटी संकलन केन्द्र को स्थापना गरे बिचौलियाको अन्त्य गरि संकलन कर्ता हरुलाइ समयमा नै जडिबुटी को मुल्य दिनुपर्ने एउटै समयमा संकलन कर्ताहरुले फरक फरक मुल्यमा बेच्नु बर्ने बाध्यता अन्त्य गर्नु पर्ने प्रधानाध्यापक बोहराले बताउनु भयो । डिभिजन वन कार्यलयले कोरोनाको जोखिम हुने भन्दै जडिबुटी संकलन गर्ने बन्द गरेको र साइपाल गाउपालिकाले स्थानीयको यथार्थता बुझेर समयमा निर्णय गर्न नसक्दा यो साल बझाङमा यार्सागुम्बा टिप्न पाइएको हैन।

ताजा समाचार