बेदकोट नगरपालिका सातौं नगरसभा सम्पन्न : ७२ करोड ४० लाखको बजेट पारित

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित रहेको बेदकोट नगरपालिकाकाले अगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ७२ करोड ४० लाखको बजेट ल्याएको छ ।

बुधवार सम्पन्न भएको सातौँ नगरसभाबाट ७८ करोड ४० लाखको बजेट पारित गरिएको र आगामी आर्थिक वर्षमा नगर प्रमुख अशोक कुमार चन्द स्वास्थ्य, कृषि, पशुपालन लगायतका विषय बजेटका प्राथमिकतामा रहेको नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस “कोभिड–१९” को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक सय शैयाको आइसोलेसन भवन निर्माण गरिने साथै दमकल, एम्बुलेन्स ,शवबाहन लगायत स्वास्थ्य सामग्री, औषधी , उपकरण का लागि ४ करोड विनियोजन गरिएको छ ।

 

कृषिमा जोड संगै शित भण्डार (कोल्ड स्टोर) का निर्माणका लागि अबको अर्थिक वर्षमा एक करोड विनियोजन गरिएको छ। स्वास्थ्यका संगै नगर गौरवका आयोजना, कृषि , पसुपालन, स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रमुख प्राथमिकता मा रहेका छन्

ताजा समाचार