नेपालमा एकै दिनमा ६२९ सङ्क्रमित, कुल संक्रमितकाे संख्या १०७२८

२०७७ बुधबार विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस “कोभिड-१९ ” पछिल्लो २४ घण्टामा नेपालमा थप एकै दिनमा ६ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये १सय १० जना महिला र ५ सय १९ पुरुष रहेका छन् । एकै दिन संक्रमित पुष्टि भएका मध्य याे अहिले सम्मकै सबैभन्दा वढी संख्या हाे । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दश हजार ७ सय २८ रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै, आज थप १ सय १४ जना निकाे भएर डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार ३ सय ३८ पुगेकाे छ ।

ताजा समाचार

This will close in 10 seconds