भम्केनीमा नेपाल आमाको मूर्ति बनाउन भीमदत्त नगरद्वारा समितिलाई पचास लाख

कञ्चनपुरको उत्तरी भेग तिलाचौरमा नेपाल आमाको मूर्ति निर्माणका लागि भीमदत्त नगरपालिकाले ५० लाख रुपैँया हस्तान्तरण गरेको छ । भीमदत्त नगरपालिकाले पाँचौँ नगर सभाबाट नेपाल आमाको मूर्ति निर्माणका लागि ५० लाख रुपैया दिने निर्णय गरेको थियो । भीमदत्त नगरपालिकाले चालु आर्थिक बर्ष २०७६/०७७ मा ५० लाख रुपैँया नेपाल मूर्ति निर्माण समिति महाकाली शारदापीठलाई दिएको हो ।

बुधबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले मूर्ति निर्माण समितिका अध्यक्ष जनकराज जोशीलाई चेक हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरण गर्दै मेयर विष्टले बाँकी ५० लाख अर्को र भुक्तानी गर्ने बताउदै सदुपयोगमा जोडदिए । भीमदत्त नगरपालिका ८ तिलाचौर भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुनेछ ।

मूर्ति निर्माणका लागि स्थानीय प्रदेश र सघीय सरकारबाट सहयोग आएको छ । कुल साढे १० करोड लागतमा निर्माण हुने नेपाल आमाको मूर्तिमा फाउण्डेशन तयार भईरहेको छ । धार्मिक पर्यटकिय क्षेत्रको विकासका लागि भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले एक करोड लगानी गर्ने घोषणा गर्दै बाँकी स्रोत जुटाउन पहल गर्ने बताएका थिए । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, उप प्रमुख शुशिला चन्द (सिह), नेपाल मूर्ति निर्माण समिति महाकाली शारदापीठका अध्यक्ष जनकराज जोशी, सचिव बिर्ख बहादुर मल्ल लगायत सहभागि भएका थिए ।

ताजा समाचार