साग पदकधारी र प्रशिक्षकहरु सम्मानित

  • दामोदर अर्याल

नेपालमा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी तथा प्रशिक्षकहरुलाई गोदावरी नगरपालिकाले नगद सहित सम्मान गरेको छ ।

नगरपालिकाले आफ्नो नगरसभाको अवसर पारेर सागमा बिजयी खेलाडी तथा प्रशिक्षकहरुलाई मेयर गजेन्द्र महर्जनले सम्मान गरेका हुन् ।

सम्मानित हुने खेलाडीमा वडा नं. ५ का निकेश श्रेष्ठ रहेका छन् । उनले नगद १ लाख प्राप्त गरे । यस्तै प्रशिक्षकहरु वडा नं. ११ का कुमिते प्रशिक्षक दीपक श्रेष्ठ र वडा नं. १२ का काता प्रशिक्षक गंगाराम महर्जनले जनही नगद २ लाख सहित सम्मानित भए ।

१३ औं सागमा नेपालले उसु तर्फ ५ स्वर्ण र करातेमा १० स्वर्ण पदक प्राप्त गरेको थियो ।

ताजा समाचार

This will close in 10 seconds