विद्युत अनियमित रुपमा कटौती हुन थालेपछि सत्ताधारी निकट विद्यार्थीको ताकेता

पछिल्ला केहीदिनदेखि कञ्चनपुरमा विद्युत अनियमित रुपमा कटौती हुन थालेपछि उपभोक्ता हैरान भएका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्ताधारी निकट अनेरास्ववियूले ताकेता गरेको छ । जिस्क्याउने तरिकाले वा अनियमित विद्युत कटौती हुने थालेपछि अनेरास्ववियू कञ्चनपुरका विद्यार्थी नेताहरुले बुधबार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रमा ताकेता गरेका हुन् ।

अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य कैलाशचन्द गिरीले अनियमित रुपमा विद्युत कटौतीप्रति अनेरास्ववियूको गम्भिर ध्यानाकर्षण भएको बताए । ‘अनावश्यक रुपमा जनतालाई दुख दिन थालेपछि हामीले आँखिर विद्युतमा के भईरहेको छ, के समस्या हो, भनेर प्रारम्भिक रुपमा विद्युतमै गएर बुझेका छौँ, ‘उनले भने, ‘यसरी पुर्व सुचना बिनै कहिले राती, दिउँसो, काम गर्ने समयमा विद्युत कटौती गर्न थालेपछि आम उपभोक्ता हैरान भएका छन् ।’ अनियमित विद्युत कटौत नगर्न र नियमित गर्न सुझाव दिदै आएको उनले बताए । विद्युत कार्यालयका कर्मचारीले केही प्राविधिक कारण विद्युत कटौती हुने गरेको बताएका थिए । देशमा लकडाउन छ, ठुलठुला उद्योगधन्दा बन्द छन, उसैपनि विद्युत कम खपत भईरहेका बेला कञ्चनपुरमा अनावश्यक विद्युत कटौती गरेर जनतालाई दुख दिएकाले त्यसो नगर्न समेत अनेरास्ववियूले आग्रह गरेको विद्यार्थी नेता गिरीले बताए ।

उनका अनुसार लकढाउनका बेला विद्युत महसुलमा देखिएको अनावश्यक भिडभाँड समेत नियन्त्रण गरेर भौतिक दुरी कायम गर्दै महसुल लिन समेत सुझाव दिईएको छ । अनियमित विद्युत कटौती गरे विद्युत बिरुद्ध शसक्त आन्दोलनको अनेरास्ववियूले चेतावनी दिएकोछ । अनेरास्ववियूले दिएको सुझावमा विद्युतका कर्मचारीले पालन गर्ने बताएका छन् । विद्यार्थी नेताहरुले विद्युतका कर्मचारी ईलेक्ट्रोनिक व्यवसायिसंग मिलेर छिनछिनमा विद्युत काट्दा जोड्दा ईलेक्ट्रोनिक समान नष्ट हुने भएकाले उपभोक्ताले फेरी नयाँ किन्नुपर्ने बाध्यता छ ।

ताजा समाचार