बागफाँटा प्रहरीले किसानको भौँसी बेच्यो

प्रहरीले कुनै पनि नागरिक, जनता वा किसानको सुई पाएपनि दिने बुझाउने गरेको छ । कसको हो, भनेर पत्ता लगाएर फिर्ता समेत गरिदिने गरेको छ, दिन्छन, पनि तर, कञ्चनपुरको बागफाँटा प्रहरीले भने किसानको भौसी बेचिदिएको छ । पाडा सहित दुध दिने किसानको हराएको भौसी बैशाखतिर भीमदत्त नगरपालिका १९ बागफाँटा पुगेको थियो । सायद लकडाउनकै कारण किसानले हराएको भौसीको खोजि प्रभावकारी रुपमा गर्न नसकेको होला ।

प्रहरीले फेला पारेपछि कञ्चनपुरका ९ वटै स्थानीय तहमा पहुँच भएको प्रहरीले किसानको भौसी फिर्ता र सच्चा प्रहरीको भूमिका निर्वाहका लागि सुचना सकुर्लर जारी गर्न सक्थ्यो तर, सिङ्गो प्रहरी संगठन कोरोनामा अहोरात्र खटिएको थियो, त्यो गर्दा पनि सम्भव नहोला ठिकै छ ।

लकडाउनको मौका अनि किसान सम्पर्कमा आएन् । भनेर किसानको भौसी बेचिदिनु भएन्न । बागफाँटा प्रहरीचौकीले बैशाखदेखि कोही आएनन् । असारपनि लागिसक्यो, आर्थिक बर्ष सकिन लाग्यो भन्ने मौकामा किसानको भौसी २० हजारमा बेचिदिएपछि प्रहरीचौकी र गाउँमा बबण्डर मच्चिएको छ । किसानको भौसी बाँगफाँटा प्रहरी इन्चार्ज उद्दव बुढाऐरले बेचिदिएपछि स्थानी आक्र्रोसित भएका छन् । पाल्न झन्झट र दुख हुने भन्दै उनले किसानको भौसी बेचिदिएको स्थानीयले बताएका छन् । लकडाउनका कारण किसान बागफाँटासम्म आउन नसकेको मौकामा प्रहरीले भौसी बेचिदिएपछी स्थानीय आक्र्रोसित भएका छन् । भौसी बेचेको चौकी र गाउँभरी हल्लामच्चीएपछि बेचेको भौसी फिर्ता ल्याउनका लागि पहल भईरहेको प्रहरी स्रोतको दावि छ । स्रोतका अनुसार अवैध धन्दाबाट रकम अशुल्ने प्रहरी इन्चार्जले किसानको भौसी बेच्न किन बेर लगाउन्थे ।

बागफाँटा प्रहरी चौकी इन्चार्ज उद्दव बुढाऐरले भौसी बेचिदिएको आरोप वाईयात भनेका छन् । ‘बैशाखमा भौसी सहित राँगो आएको थियो, ‘उनले भने, ‘हामीले सुचना गर्दा गर्दै कोही पनि आएनन ।’ स्थानीय बारीवाला शिव दयाललाई पाल्न दिएको बताए । ‘भौसी धनी नआउँन्जेल पाल्न दिएका थियौँ, ‘उनले भने, ‘अहिले लकडाउन खुकुलो हुँदासम्म पनि कोही आएनन् ।’ हामीले बेच्ने कुरै भएपनि बेचेका पनि छैनौैँ ।’ आफुहरुमाथि केही तत्वहरुले गलत आरोप लगाएको उनको भनाई छ ।

स्थानीयले पत्रपत्रिका बन्द भएका बेला कहाँ सुचना जारी भनेर सुचना जारी गरेको देखाउन चुनौती दिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता केशव बहादुर थापाले भौसी नबेचेको दावि गर्दै हराएको भौसी फेला परेको बारे व्यापक प्रचारप्रसार गरिएको बताए । बागफाँटा प्रहरी इन्चार्ज बुढाऐरले जनप्रतिनिधीले भौसी रहोबर लिन अटेरी गरेपछि अर्कालाई पाल्न दिएको बताए । प्रहरीले जनताको भौसी बेच्न थालेपछि स्थानीयले बिरोध गर्दै जसको भौसी हो, त्यसलाई बुझाउन आग्रह गरेका छन् ।

ताजा समाचार