बेदकोटमा दुई स्वास्थ्यकर्मी सहित ९ जनाका कोरोना

कञ्चनपुरको बेदकोट नगरपालिकामा दुई स्वास्थ्यकर्मी सहित ९ जनाका कोरोना देखिएको छ । थ्रट स्वाब नमुनाबाट उनीहरुको पिसिआरबिधीबाट कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४घण्टामा कञ्चनपुरका १० जनाका कोरोना देखिएको छ ।

बेलौरी नगरका युवक सहित बेदकोट नगरका दुई स्वास्थ्यकर्मी र सात जना भारतबाट आएकाम कोरोना देखिएको हो । बेदकोट नगरका प्रवक्ता नरेश बहादुर सिहले कोरोना देखिएका सबैको उपचारका लागि महाकाली अस्पताल पठाईने बताए । बेदकोटमा चैत्र पछि सिधै असारमा कोरोना एकै पटक ९ जनामा देखियो । बेदकोट १० घर सहित काठमाण्डौँ घर भएकी महिला र शुरुमै १० का ईन्द्र विकमा कोरोना देखिएको थियो । पछि एक बृद्धमा देखिएको थियो । दुवैको उपचार पछी घर फर्किएका छन्. । भने एक जना उपचारार्थ छन् ।

बेदकोट नगरपालिका ५मा संयोजक बस ५ जना देखिएका छन् । उनीहरु सबै भारतबाट आएका हुन् । बेदकोट ५का वडाध्यक्ष गणेश विक(कुसल)ले सीमा क्षेत्रबाट उनीहरुलाई सिधै क्वारेन्टाईन ल्याईएको बताए । ‘हामीले पाँचै कोरोना देखिएका उनीहरु सहित सबैलाई सिधै सीमाबाट क्वारेन्टाईन ल्याएका हौँ, ‘अध्यक्ष कुसलले भने,‘परीक्षण गर्दा आरडिटी देखियो, पछि पिसिआर गरेर पनि देखियो, अहिले अस्पताल लगिरहेका छौँ ।’ १ नम्बर वडाका पुरुष र ३मा महिला रहेका छन् । बेलौरी नगरपालिका कोडिभ १९ का संयोजक मान बहादुर चन्दले बेलौरीका युवामा देखिएको कोरोना संक्रमित व्यक्ति आईसोलेट गरिएको बताए । कञ्चनपुरम दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएपछि उच्च सुरक्षा सर्तकता अपनाउन आग्रह गरिएको छ ।

ताजा समाचार