अमेरिकन सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती सम्झौता भएको भन्दै खारेजीको माग अघि सारेर कञ्चनपुरको महेन्द्रनगरमा प्रर्दशन गरिएको छ । कञ्चनपुरका युवा विद्यार्थी एव महिलाले एमसीसी राष्ट्रघाती सम्झौता भएकाले खारेजीको माग गरेर यहाँका युवा विद्यार्थीले बिरोध प्रर्दशन गरेका हुन् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
संसदबाट राष्ट्रघाती सम्झौता पास गर्न नहुने भन्दै बिरोध प्रर्दशन गरिएको कञ्चनपुरका विद्यार्थी युवा नेता किशोर भट्टले बताए । उनका अनुसार प्लेट कार्ड सहित प्रर्दशन गरिएको छ । ‘देश बेच्न पाईदैन, राष्ट्रघाती सम्झौता चाहिदैन, भनेर प्रर्दशन गरिएका छन् । स्वतन्त्र युवा एव विद्यार्थीले एमसीसी नेपालका लागि घातक भएकाले उक्त सम्झौता खारेजीको माग गरिएको छ । ‘यो एमसीसी सम्झौता देश र जनताको हितविपरित छ, ‘उनले भने, ‘पैशा देखेर विष निम्त्याउनु छैन् ।’ सरकारले एमसीसी सम्झौता पारित गर्नुभन्दा अध्ययन गर्नुपर्नेमा उनले जोडदिए ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
एमसीसी बिरुद्ध बिहीबारदेखि चरणबद्ध आन्दोलन गरिने उनले बताए । प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदेखि सिटी जुलुस गरिने उनले बताए । ‘हामी अब निरन्तर आन्दोलन गछैँ, ‘उनले भने, ‘खारेजी नहुन्जेलसम्म सडक तताउँछौँ ।’ स्वतन्त्र युवा तथा विद्यार्थी सहितले एमसीसी बारे गम्भिर हुन सरकारसंग आग्रह गरेका छन् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)