कोरोना भाइरस : नेपाल थप ५३८ सङ्क्रमण पुष्टि संगै सङ्क्रमित सङ्ख्या १० हजार नाघ्यो

विश्व नै त्रसित बनेको यो महामारीको समयमा दिनप्रतिदिन नेपालमा कोभिड-१९ का संक्रमित थपिदै गएका छन। विगत २४ घण्टामा थप ५३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मङ्गलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। समयावधि लाई ख्याल नराख्दा र स्वदेश भन्दा विदेश देखि नेपाल प्रवेश हुनेको संख्या अधिक भए संगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १० हजार ९९ पुगेको छ।

जसमा कोरोना अहिलेसम्म जित्ने तीमध्ये २,२२४ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ। विगत २४ घण्टामा नेपालमा ७६ जना कोरोना भाइरसमुक्त भएर अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। नेपालमा एका – एक संक्रमित दुई हप्तामा थपिए साढे पाँच हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार ९ सय ९५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १ लाख ८६ हजार ३ सय ६६ पुगेको छ। तथ्यांकअनुसार कोरोनाको संक्रमित अहिलेसम्म एक जिल्ला रसुवाबाहेक सबै ७६ वटा जिल्लामा कोभिड-१९ पुगिसकेको पुष्टि भएको छ।

स्वास्थ्य क्षेत्र लाई मध्यनजर गर्दै क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ। अहिले देशभरि ८५,८१३ जना क्वारन्टीनमा रहेका छन् भने तीमध्ये अधिकांश भारतबाट नेपाल फर्किएका रहेका छन। सरकारको तथ्याङ्कअनुसार देशमा कोरोना रोकथाम साथै नियन्त्रणका लागि लगाइएको लकडाउन लम्बिदै गएको र यो समयमा अहिलेसम्म सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ गरि चार प्रदेशमा मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा रहेका छन् ।

ताजा समाचार