महाकाली अस्पतालबाट कोरोना जितेर आठ जना डिस्चार्ज

महाकाली अस्पतालबाट आठ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । महाकाली अस्पतालका अनुसार महाकाली नगरका पाँच जना, शुक्लाफाँटा नगरपालिका २ र बेलौरी नगरपालिका १ जना डिस्चार्ज भएका हुन् ।

महाकाली अस्पताल स्रोतका अनुसार बेलौरी नगरपालिका ५का रमेश चौधरी, महाकाली नगरपालिका १०का शन्त बहादुर सुनार, ९का राज कुमार सुनार, ८का संगिता चदारा, नरेन्द्र जोशी, नर बहादुर सुनार र शुक्लाफाँटा नगरपालिका १का महेश सार्की र ११का प्रकास सुनार (पुष्कर) डिस्चार्ज भएका छन् । कोडिभ १९ को केश आईसोलेशन व्यवस्थापन सम्बन्धी निदेशिकाको बुदा नम्बर २.३(क) अनुसार आईसोलेशन कक्षमा १४ दिन पुरा गरेको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र रामशाहपथको पत्राचार अनुसार एक साता होम क्वारेन्टाईनमा बस्ने गरि ८ जना युवालाई डिस्चार्ज गरिएको महाकाली अस्पताल व्यवस्थापन समितिक अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले बताए । उनका अनुसार यस अघि पनि शिशुदेखि बृद्ध डिस्चार्ज भएका छन् ।

ताजा समाचार