नगर सभाको पुर्वसन्ध्यामा जनमोर्चाद्वारा बेदकोट नगरलाई ५१ बुदे सुझाव पत्र पेश

राष्ट्रिय जनमोर्चाले नगर सभाको पुर्व सन्ध्यामा बेदकोट नगरपालिकालाई ४१ बुँदे सु,भवा पत्र पेश गरेको छ । बुधबार बेदकोट नगरपालिकाको आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुँदैछ ।

त्यसका लागि जनमोर्चाले कोडिभ १९ सहित विभिन्न ५१ बुदे ज्ञापन पत्र पेश गरेको हो । बेदकोट नगरका स्थानीय, जनमोर्चा कञ्चनपुरका युवा नेता एव अखिल छैटौँका केन्द्रीय महासचिव महेशराज जोशीले आगामी अर्थिक बर्षका लागि छनौट हुने नीति, योजना, तथा कार्यक्रम बारे पार्टीका तर्फबाट प्रेस गरिएका सुझाव समेट्नका लागि पेश गरिएको बताए । जनमोर्चा बेदकोट नगर समितिले बुझाएको ज्ञापन पत्रमा कोडिभ १९ को रोकथाम प्रभावकारी ढङगबाट अघि बढाउनुर्नेमा जोडदार सुझाव दिएको छ । क्वारेन्टाईन व्यवस्थापनदेखि पिसिआरको दायारा बढाउनुपर्ने देखिन्छ ।

प्रदेश सरकारले संसद र मुख्यमन्त्रीसम्म तलब भत्ता बृद्धि गरेर औचित्यहिन भएको उल्लेख छ । रोजगारीमुलक कार्यक्रम संचालन, अधुरा योजना निरन्तरता, गौरबका योजना प्राथमिकता, हाट बजार व्यवस्थापन गरिनुपर्ने सुुझाव दिईएको छ । ‘जहाँ कृषि त्यहाँ सिँचाई, उन्नत कृषि हाम्रो रोजाई’ कार्यक्रम संचालन । नगरपालिकाको गुरु योजना निर्माण, समाजवाद उन्मुख, सहकारी, कृषि उत्पदनको एकीकृत योजना, किसानलाई अनुदानर, ग्रमिण भेगको विकास, विदेशबाट फर्किएकालाई रोजगारी, पर्यटन पुर्वाधार, छेला औद्योगिक क्षेत्र निर्माण, एक सय सैयाको अस्पताल, पारदर्शिता, वडामा खेल मैदान, सिँचाई, फोहोर व्यवस्थापन, गोल डाँडामा भ्यू टावर निर्माण लगायतका सुझाव दिईएका छन् ।

जनमोर्चाले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली नक्सामा उल्लेख भएकाले अन्र्तराष्ट्रियकरण गरिनुपर्ने सुझाव दिईएको छ । जनमोर्चा बेदकोटका अध्यक्ष कलम साहु, अखिल छैटौँका महासचिव महेशराज जोशी, रक्तिमका अध्यक्ष ललित चद, अखिल छैठौँका अध्यक्ष महेश भट्ट, सचिव पुष्कर भट्ट लगायतलेको टोलीले बेदकोट नगरका मेयर अशोक कुमार चन्दलाई ज्ञापन पत्र बुझाईको हो । सुझाव पत्र ग्रहण गर्दै जनमोर्चाले पेश गरेको सुझाव पत्र अध्ययन गरेर समेटिने मेयर चन्दले बताएका थिए । जनमोर्चाले बेदकोट नगर सहित अन्य स्थानीय तहलाई समेत सुझाव पत्र पेश गरिने जनाएको छ ।

ताजा समाचार

This will close in 10 seconds