बाबुछोरीमा कोरोना चौबिस घण्टामा कञ्चनपुरका आठ जनामा कोरोना पुष्टी

शुक्लाफाँटा नगरपालिका ९ कञ्चनपुरकी ५ बर्षिया बालिका तीन साताअघि बाबुआमासंगै भारतको दिल्लीबाट घर फर्किईन् । क्वारेन्टाईनमा रहेका उनी सहित बाबुआमा आरडिटी पोजेटिभ देखिएपछि उनीहरुको स्वाब नमुना संकलन गरेर पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाईयो ।

पिसिआर रिर्पोटमा बाबुछोरीलाई कोरोना देखियो । आमालाई देखिएन् । आमाबाबुकै काखमा बसेर दिल्लीदेखि झण्डै ४ सय किलोमिटर दुरीको यात्रा गरेकी ति बालिका अहिलेसम्म आमाबाबुसंगै बस्दै आएका छन् । बाबु र छोरीलाई कोरोनाले छोयो, आमालाई छोएन् । पछिल्लो २४ घण्टामा कञ्चनपुरमा बालिका उनका बाबु सहित आठ जनाका कोरोना पृष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको रिर्पोट अनुसार शुक्लाफाँटा नगरका ५ जना, भीमदत्त नगरपालिका १८ का ७० बर्षिया बृद्ध, र पुर्नवास नगरपालिका दुई युवकमा कोरोना पृष्टी भएको छ ।

शुक्लाफाँटा नगरपालिकामा बाबुछोरीका कोरोना देखिएका उनीहरु सहित पाँचै जनालाई उपचारका लागि आईशोलेनमा राखिएको छ । शुक्लाफाँटा नगरका प्रवक्ता जगत बहादुर सिहले कोरोना देखिएका सबैको नगरपालिकाकै आईसोलेशनमा राखेर उपचार भईरहेको बताए । ‘हामीले सबैलाई आईसोलेट गरिसकेका छौँ, ‘प्रवक्ता सिहले भने, ‘सबैको उपचार भईरहेको छ ।’ भीमदत्त नगरपालिकामा देखिएका बृद्धको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको भीमदत्त नगरपालिकाले जनाएको छ भने पुनर्वासमा देखिएका दुई जनाको खोजि भईरहेको छ । कञ्चनपुरमा चैत्र दोस्रो साता र बैशाख अन्तिम साता एक महिला एक पुरुषमा कोरोना देखिएको छ । १२ जेठदेखि भारतमा रहेका नेपालीका लागि प्रवेसका लागि नाका खुला गरेसंगै कञ्चनपुरमा समेत कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको हो । कञ्चनपुरमा हालसम्म १ सय ७ जनाका कोरोना देखिएको छ । भने जसमध्ये ५५ जना कोरोना जितेर घर आएका छन् ।

ताजा समाचार