काँग्रेस नेतृ देउवाद्वारा कञ्चनपुरमा स्वास्थ्य सुरक्षा समाग्री सहयोग

नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा(देउवा)ले कञ्चनपुरलाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेकी छिन् । सुरक्षित मातृत्व संजाल महासंघ नेपाली संस्थापक समेत रहेकी काँग्रेस नेतृ देउवाले कञ्चनपुरका स्वास्थ्य सुरक्षा समाग्री दिएका हुन् । नेतृ देउवाले स्वाथ्यकर्मीका लागि पठाएको स्वास्थ्य सुरक्षा समाग्री एक कार्यक्रमका विच नेपाली काँग्रेस कञ्चनपुरले स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेको छ ।

नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरि प्रशाद बोहरा, सचिव दिवाकर पाण्डेय, यज्ञराज जोशी, भोजराज बोहरा, काँग्रेस जिल्लाका नेतृ सन्तोषी साउद(ऐर), मधु भारती लगायतको उपस्थितिम हस्तन्तरण गरिएको छ । काँग्रेस कञ्चनपुरका सभापति हरि प्रशद बोहराले स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारलाई समाग्री हस्तान्तरण गरेका छन । काँग्रेस कञ्चनपुरका पार्टी सभापति हरि प्रशाद बोहराले कोडिभ १९ रोकथाम तथा नियन्त्रणका लागि अग्रमोर्चाका रहेका स्वास्थ्यकर्मीको सुरक्षा एव प्रर्बद्धनात्मकका लागि जिल्लाका तीनवटै निर्वाचन क्षेत्रलाई वितरण गर्ने हिसाबले काँग्रेस नेतृ देउवाले पठाएको समाग्री हस्तन्तरण गरिएको बताए ।

पिपिई १८सेट, सेनिटाईजर ३६लिटर, थमलगन ६ थन, पेपर मास्क १ सय २० पिस, एन ९५ मास्क ७०, स्यानेटरी प्याड ५ सय ७६ थान र फेससिल्ड १८ थान दिएको छ । स्वास्थ्य सुरक्षा समाग्री ग्रहण गर्दै स्वाथ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले सहयोगप्राप्त समाग्री सबै स्वास्थ्य कार्यालयमा वितरण गरिने बताए । यसरी केन्द्रबाट काँग्रेस नेतृ देउवाले जिल्लाका लागि दिएको समाग्री आवश्यकता अनुसार वितरण हुनुपर्ने काँग्रेस कञ्चनपुरकी नेतृ एव भीमदत्त नगरपालिका न्याय समिति सदस्य सन्तोषी ऐर(साउद )ले बताईन् । ‘दाताले दिएको कुनैपनि समाग्री सम्बन्धीत लक्षित वर्गसम्म पुग्नुपर्छ, ‘उनले भने, ‘सहयोग समाग्रीको सदुपयोग हुनुपर्छ ।’ यस अघि कञ्चनपुरका काँग्रेस नेता रमेश लेखक, एनपी साउद, हेमराज ओझा लगायतले पनि विभिन्न स्थानीय तहलाई स्वास्थ्य सुरक्षा समाग्री दिएका थिए ।

ताजा समाचार