बाजुरा जिल्ला इन्चार्ज एण्डिजको रिहाईको माग

नेपाल कम्युनिष्ट पार्टी(नेकपा विप्लव)ले बाजुरा जिल्ला इन्चार्ज भुपेन्द्र विक (एण्डिज)को रिहाईको माग गरेको छ । आइतबार कैलालीको बडैपुरबाट पक्राउ गरिएको नेकपा विप्लव बाजुराका इन्चार्ज एण्डिजको रिहाईको माग गरिएको हो ।

नेकपा सेती महाकालीले एक प्रेस विज्ञप्ती जारी गर्दै लकडाउनकै क्रममा कैलालीको बडैपुरबाट गिरफ्तार गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिङ्गो देश कोरोना महामारीका बिरुद्ध जुझिरहेको बेला थोरै पनि मानवीय संवेदनालाई ख्याल नगरी एण्डिजलाई गिरफ्तारी गर्नु घोर निन्दनीय र भत्सएना योग्य कार्य भएको नेकपाको ठहर छ ।

‘यो मानवता बिरुद्धको अपराध हो, ‘विज्ञप्तीमा भनिएको छ, ‘उहाँ लकडाउन कै सिलसिलामा भारतबाट आएर कैलालीमा लकडाउनमा बस्नुभएको थियोे ।’ एण्डिज साँस्कृतिककर्मी कलाकार पनि भएकाले अहिले कालापानी, लिपुलेक, लिम्पीयाधुरा हुदै एमसीसी खारेजीको आन्दोलनमा अग्रमोर्चामा क्रियाशील पार्टीका नेता कार्यकर्तालाई यसरी कायरतापुर्वक गिरफ्तार गर्नु भनेको राष्ट्रियताको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र हो भएको नेकपाको भनाई छ ।

नेकपा सेती महाकाली इन्चार्ज निर्माणले हस्ताक्षर गरेको विज्ञप्तीमा झुट्ठा मुद्दा लगाउने गिरफ्तारीलाई निरन्तरता दिने कार्य सरकारले गरिरहेमा त्यसको कडा जवाफ दिन बाध्य हुने चेतावनी दिईएको छ ।

ताजा समाचार

This will close in 10 seconds