कोरोना जितेर दुई युवक महाकाली अस्पतालबाट डिस्चार्ज

कोरोना जितेर सोमबार पनि महाकाली अस्पतालबाट दुई युवक डिस्चार्ज भएका छन् । महाकाली अस्पतालका अनुसार शुक्लाफाँटा नगरपालिका ९का नरेन्द्र ऐर र महाकाली नगरपालिका ९का रामु धामी एकसाथ डिस्चार्ज भएका हुन् । संयोजबस दुवै जना ९ नम्बर वडाकै रहेका छन् ।

कोडिभ १९ को केश आईसोलेशन व्यवस्थापन सम्बन्धी निदेशिकाको बुदा नम्बर २.३(क) अनुसार आईसोलेशन कक्षमा १४ दिन पुरा गरेको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र रामशाहपथको पत्राचार अनुसार एक साता होम क्वारेन्टाईनमा बस्ने गरि दुवै युवक युवालाई डिस्चार्ज गरिएको महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)ले बताए । उनीहरुलाई समेत सम्मानका साथ अस्पतालले विदाई गरेको छ ।

ताजा समाचार