संचारकर्मीलाई रिचार्ज

  • कृष्ण नेपाली

कञ्चनपुरका बरिष्ठ निर्माण व्यवसायी, शिक्षाप्रेमी एव समाजसेवि निरन्जन प्रशाद भट्टले संचारकर्मीलाई रिचार्ज उपलब्ध गराएका छन् ।

कोडिभ १९ मा खटिने कञ्चनपुरका संचारकर्मीलाई रिचार्ज उपलब्ध गराएका हुन् । वाईआर कस्ष्ट्रक्सन प्रालिका संचालक एव निङलाशैनी माविका अध्यक्ष तथा समाजसेवि भट्टले जनताको सुचनाका लागि अहोरात्र खटिने पत्रकारलाई संचारका लागि रिचार्ज उपलब्ध गराएका हुन् ।

भट्टले नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुर मार्फत ५० संचारकर्मीका लागि एक सय रुपैया दरले ५ हजार रुपैया उपलब्ध गराएका थिए । भट्टले उपलब्ध गराएको रिचार्ज महासंघले जिल्लाभरीका विभिन्न रेडियो, अनलाईन, टिभी पत्रपत्रिकामा कार्यरत पत्रकारलाई रिचार्ज उपलब्ध गराईएको हो । भट्टले यस अघि भीमदत्त, बेदकोट लगायतका क्षेत्रमा खाद्यान्न सहयोग गरेका थिए । संचारकर्मीको हौसलाका लागि संचारकर्मीलाई रिचार्ज उपलब्ध गरएको भट्टले बताए । भट्टले संचरकर्मीका पीडा बुझेको भन्दै कञ्चनपुरका संचारकर्मीले उनीप्रति आभार प्रकट गरेका छन् ।

ताजा समाचार