चिल्डेन पार्कमा भुसेभट्टाका गुणस्तहिन ईटा प्रयोग

चालु आर्थिक बर्ष २०७६/०७७ असार मसान्तमा शुरु भएको चिल्डेन पार्क निर्माणको योजना विकासको काम भएपनि विनास कार्य भईरहेको स्थानीयहरु बताउदछन्।

नगरपालिबाट प्राप्त २० लाख बजेटमा निर्माण भईरहेको पार्कमा गुणस्तहिन ईटा लगायतका निर्माण समाग्री प्रयोग भईरहेका छन् । नगरपालिकाले दिएको बजेटमा वडाले दमासी रजाई गरेपछि सिङ्गो नगरको विकासमा स्थानीयको विश्वास गुम्दै गएको छ । स्थानीयले वडाध्यक्ष ध्वज बहादुर विष्टले आफ्नै भुसेभट्टाका ईटा प्रयोग गरेर विकास भन्दा पनि विनासको काम गरिरहेको आरोप लगाएका छन् ।

 

केदार शक्ति ईटा उद्योगबाट एक ट्रक ईटा ल्याएर बाँकी आफ्नै भुसेईटा भट्टाबाट ईटा प्रयोग गरेर विकासका लागि नगरपालिकाबाट आएको बजेटमा दोहन गरेको आरोप लगाएका छन् । स्थानीय एव राप्रपा युवक संगठन कञ्चनपुरका अध्यक्ष तुल बहादुर थापाले वडामा आएको पार्क निर्माणको बजेट सहित अन्य योजना समेत कमसल खालका गुणस्तहिन काम भएको आरोप लगाए । उनले चिम्नीबाट प्रयोग भएका ईटा प्रयोग गर्नुपर्ने भएपनि वडाध्यक्ष विष्टले आफ्नै भुसेभट्टाका ईटा प्रयोग गरेर विकासका नाममा जनताको आँखामा छारो हाल्ने काम गरेको टिप्पणी गरे । उनले वडाभरी ईटा प्रयोग हुने योजनाका वडाध्यक्षले आफ्नै भुसेभट्टाका गुणस्तहिन ईटा प्रयोग गरिरहेको आरोप लगाएका छन् । उपभोक्ता समितिका अध्यक्ष विनोद भट्टले काम अधुरो रहने भएपछि भुसेभट्टाकै ईटा प्रयोग गरिहेको बताए । उनले योजना अधुरो रहने भएकाले बाँकी ईटा भुसेभट्टाबाट ल्याएको बताए ।

मदिरा बिक्रि गर्न नपाएको झोकमा विकासमा बिरोध :- वडाध्यक्ष

वडाध्यक्ष ध्वज बहादुर विष्टले पार्कमा कमसल खालका ईटा प्रयोग गरेको भन्ने अफवाह निराधार भएको बताए । ‘हामीले १९ हजार ईटा केदार शक्ति ईटा उद्योगबाट ल्याएका हौँ, ‘उनले भने, ‘केही कमि भएको छ, त्यो मेरै ईटाभट्टाबाट ल्याएको हुँ ।’ तीनरचार हजारको हाराहारीमा ल्याएका ईटा प्रयोग नगरेको बताउदै उनले त्यो पनि गुणस्तरहिन नभएको दावि गरे । पैसा नहुँदा केदारशक्ति बाटै उधारो ईटा ल्याएको उनले बताए । अध्यक्ष विष्टले गाउँका केही व्यक्ति समुह मदिरा बेच्न नपाएको झोकमा विकासमा बिरोध गरिरहेको आरोप लगाए ।

केही व्यक्ति समुह अहिले केही न केही बहानामा वडाको विकासमा अवरोध गरिरहेको उनको भनाई छ । विकास गर्दा गलत गर्ने तत्वहरुले अनेकन अफबाह फैलाईरहेको उनले बताए । ‘यो केही होईन मदिरा बेच्न नपाएको झोकमा केही व्यक्ति समुह बिरोधमा उत्रेका छन, ‘अध्यक्ष विष्टले भने,  कुरो यही हो यसमा लुकाउनुपर्ने केही छैन् ।’ भीमदत्त नगरपालिका प्राविधिक शाखाले गुणस्तरिय ईटामात्रै प्रयोग गर्नुपर्ने जनाएको छ । भीमदत्त नगरका सव ईन्जिनियर नरेश रानाले दोयर र गुणस्तरिय ईटा हटाएको बताए । ‘हामीले पनि दोयम र गुणस्तरहिन ईटा हटाउन लगाएका छौँ, ‘उनले भने, ‘ईटा गुणस्तरिय हुनुपर्छ ।’ ईटा कमि हुने भएपनि वडाध्यक्षले दान गरेको उनको भनाई छ । चिम्नीबाटै दोयर, खन्जरा र राम्रा ईटा पठाएको उनले बताए ।

नगरपालिकाबाट गुणस्तरिय ईटा मात्रै प्रयोग गर्न निर्देशन दिएको बताउदै उनले गुणस्तरिय ईटाको मात्रै स्वीकृत गरिने बताए । विकास निर्माणका लागि आएको बजेट स्वाहा पार्ने खेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएका छन् ।

ताजा समाचार