कञ्चनपुरमा शिशुदेखि बृद्धले कोरोना जिते

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, गर्भवती महिला सहित महाकाली अस्पतालबाट डिस्चार्ज

कञ्चनपुरमा शिशुदेखि बृद्धले कोरोना जितेका छन् । एक साताको अवधिमा महाकाली अस्पतालबाट काठमाण्डौँ, कैलाली र कञ्चनपुरका ३८ जना उपचारपछि घर फर्किएका छन् । सेती प्रादेशिक अस्पतालबाट दुई स्वास्थ्यकर्मी सहित कञ्चनपुरका चालिस जना डिस्चार्ज भएका हुन् । महाकाली अस्पतालबाट शुक्लाफाँटा नगरपालिका ११ अमरपुर कलुवापुरका ११ महिने शिशु शुशांक सुनार सहित भीमदत्त नगरपलिका २ उल्टाखामका ५५ बर्षिया बृद्ध देव बहादुर चन्द डिस्चार्ज भएका हुन् । महाकालीबाट शनिबारसम्ममा ३८ जना निको भएर घर फर्किएका छन् ।

महाकाली अस्पताल स्रोतका अनुसार दुई जना काठमाण्ण्डौँ र ११ जना कैलाली र २३ जना कञ्चनपुरमा डिस्चार्ज भएका हुन् । भारतबाट गड्डाचौकी नाका भएर घर फर्किन लागेका काठमाण्डौँ कागेश्वर मनहराका राजेश हमाल र उनका छोरा तपेन्द्र हमाल जेठ मसान्तमै डिस्चार्ज भएका थिए । गौरीगंगा नगरपालिका ५ कैलालीका खडक बहादुर साउद, मान बहादुर साउद, सुरेन्द्र चौधरी, जय बहादुर सार्की, साग नेपाली, भीम बहादुर शाही, महासिह थापा, गणेश नाथ, जनक विक, विमल सिजापति, र राजेन्द्र विक डिस्चार्ज भएका हुन् । पुर्नवास नगरपालिका ९ कञ्चनपुरका कृष्ण ब. थापा, लालसिह सुनार, सन्तोष सुनार, अमित कुमार जैसी , दिनेश सुनार, प्रेमसिह सुनार, भीम बहादुर सुनार, गणेश सुनार, दिल बहादुर सुनार, नैन सिह सुनार, विष्णू लुहार, ५ का जय तिरुवा निको भएर घर फर्किएका छन् । भीमदत्त नगरपालिका २ कञ्चनपुरका कृष्ण ब. थापा, लालसिह सुनार, सन्तोष सुनार, अमित कुमार जैसी का नवराज कपाडी, ६ मानमति धामी, दिपेश धामी, १७ का दिपक सिह ठकुराठी, १८ का रेवती साउद, शुक्लाफाँटा नगरपालिका ७ का दिपेश भट्ट, ११ का गणेश सुनार, लालझाडी गाउँपालिका ४ का पवित्रा राना, सकिनी राना, ४ राज कुमार राना र महाकाली नगरपालिका ९ का ईन्द्र विक , प्रदिप विशालु, ३ चाँदनीका दिल बहादुर सुनार उपचार पछि घर फर्किएका छन् । यस अघि चैतमै कोरोना लागेको बेदकोट नगरपालिका १० चतहरीका ४१ बर्षिया ईन्द्र विक उपचारपछि निको भएर घर फर्किसकेका छन् । कञ्चनपुरमा दुई नेपाल प्रहरी मानमती धामी, रेवती साउद, दुई स्वास्थ्यकर्मी पुर्नवास नगरका जनक सिह धामी र दुर्गादत्त भट्ट कोरोना जितेर घर फर्किएका छन् ।

कोरोन भन्दा समाजको डर :-

स्वास्थ्यकर्मी कोरोनालाई जितेका पुनर्वासका स्वास्थ्यकर्मी जनक सिह धामीले कोरोना भन्दा समाजको भयत्रास र डर हुने गरेको बताए । उनले संक्रमित रोगले भन्दापनि सामाजिक दुव्र्यवहरबाट बढिपीडित भएको अनुभव पोखेका छन । धामीले कोरोनालाई जित्न सजिलो भएको तर मान्छेको गलत सोच विचारलाई परास्त गर्न नसकेको बताए । ‘आफू जोखिममा रहेर जिवनको कुनै प्रर्वाह नगरी काम गर्दागर्दै संक्रमित हुन पुगे, उनले भने, ‘तर बदलामा घृणा पाए ।’ बिरामीको उपचार गर्दागर्दै आफुपनि संक्रमित भएपछि सुरुमा निकै डराएको स्मरण गर्दै सामान्य ट्रन्सिलको समस्या बाहेक केही लक्षण नदेखिएको बताए । कोडिभ १९ को केश आईसोलेशन व्यवस्थापन सम्बन्धी निदेशिकाको बुदा नम्बर २.३(क) अनुसार आईसोलेशन कक्षमा १४ दिन पुरा गरेको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र रामशाहपथको पत्राचार अनुसार एक साता होम क्वारेन्टाईनमा बस्ने गरि शिशु देखि बृद्धलाई डिस्चार्ज गरिएको महाकाली अस्पतालले जनाएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण्दत्त जोशी(बोक्सर)ले शिशु सहित बृद्ध, सुरक्षाकर्मी, महिला ३८ जना निको भएर विदाई गरिएको बताए । कुनै दिन रिर्फर सेन्टर बनेको महाकाली अस्पतालमा अहिले कोरोनाका बिरामी समेत निको भएर फर्किन थालेपछि अस्पताल सुधारोन्मुख भएको स्थानीयले अनुभव गरेका छन् ।

ताजा समाचार