बलात्कारीको लिङ्ग काटेर फालिदिन महिला अधिकारकर्मीको जोडदार माग

कञ्चनपुरका महिला अधिकारकर्मीले जो बलात्कारी हो, त्यसको लिङ्गा काटेर फालिदिए महिलामाथि बलात्कारका घटना रोकिने बताएका छन् । घटनाको स्थानीय, आफन्त एव महिला अधिकारकर्मीले भत्र्सना गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेका छन् । बलात्कार रोकथामका लागि थुप्रै कानुन बनेपनि बलात्कार जस्ता घटना लकडाउनका बेला पनि नरोकिएको भन्दै महिला अधिकारकर्मीले बलात्कारीको लिङ्ग काटेर नपुसक बनाउन माग अघि सारेका हुन् ।

महिला अधिकारकर्मी निर्मला जोशी(भट्ट)ले बालिका, किशोरी एव महिलामाथि हुने यौनजन्य हिंसा एव बलात्कार घटना रोक्नका लागि थुप्रै कानुन भएपनि घटना घट्नुको साटो दिनप्रतिदिन बढिरहेकाले अब बलात्कार घटन न्यूनिरणका लागि लिङ्ग काटेर सजाय दिनुका विकल्प धारणा अघि सारिन् । कञ्चनपुरकी अधिकारकर्मी माया नेगीले घटना निन्दनिय भएकाले दोषिमाथि कानुन अनुसार कार्बाहीको माग अघि सारे । उनले लकडाउनको मौकाछोपी युवकबाट बालिका युवती र महिला बलात्कारको शिकार भईरहेको भन्दै यस्ता घटना रोकथाम गर्न माग गरिन् । कञ्चनपुर प्रहरीले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले घटनाबारे अनुसन्धान भईरहेको उनक अनुसार बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।

युवक प्रहरी हिरासतमा राखेर अनुसन्धान भईरहेको छ । घटनाको अनुसन्धान गरेर दोषि उपर कार्बाही र पीडितलाई न्याय दिलाईने प्रहरीले जनाएको छ । यतिबेला देश कोरोना कहरले आक्र्रान्त बनिरहेको छ । गत चैत्र कञ्चनपुरका एक युवकमा देखिएको कोरोना जेठ दोस्रो सातादेखि दिनप्रतिदिन बढिरहेका छन् । हालसम्म कञ्चनपुरका ९५ जनामा कोरोना देखिएपछि सिङ्गो जिल्ला त्रसित छ, मानिसलाई कसरी कोरोनाबाट बाँच्ने चिन्ता छ, तर एक नर पिपासु युवकले बहिनीलाई बलात्कार गरेका छन् । बैतडी मेलौली घर भएका बिरेन्द्र लुहार(दयाल)ले फुपुकी छोरी बलात्कार गरेका हुन् । केही महिनादेखि भीमदत्त नगरपालिका १० कञ्चनपुर फुपुको घर आएका बिरेन्द्रले यौन तृष्णाका लागि आफ्नै फुपुकी छोरीमाथि बलात्कार गरेर आत्महत्याको प्रयास गरेका छन् । ‘बुधबार मध्य रातमा सबै जना सुतेका थिए, ‘पीडित बालिकाका एक आफन्तले भने, ‘बिरेन्द्रले बालिकालाई बलात्कार गरेर राती नै भागेका थिए, हामीले रातभरी उनलाई खोजे, घटनाको दोस्रो दिन शुक्रबार बालिकाकै घरमा आत्महत्याको प्रयास गरे ।’ बालिका रोईकराई गरेपछि उनका आमाबाबु बालिका सुतेकै ठाँउमा गएर सोघपुछ गरेपछि बिरेन्द्रले बलात्कार गरेको बताएकी थिईन् । ‘अबोध बालिकामाथि भएको अपराधिक घटनाका दोषिलाई हामीले रातभरी खोज्यौँ, ‘पीडितका आफन्तले भने, ‘यि युवक नाङगै भागेका रहेछन्, भोलीपल्ट आत्महत्याको प्रयास गर्दा प्रहरीलाई बुझाए ।’ जिल्ला सदरमुकाम नजिकैको बस्तीमा भएको घटना एककान दुईकान हुँदै मैदानसम्म पुगेको थियो । एक कहानी छ, जुन थालीमा खायो, त्यही थाली छेड्यो, भन्ने बिरेन्द्रको जिवनको लागु भएको छ । फुपुकै घरम बस्ने उनकै छोरीमाथि बलात्कार गर्ने भन्दै आफन्तले बिरेन्द्रको कुर्कमको बिरोध गरेका छन् । अपराध र अपराधीसंगको जे जस्ते साईनो भएपनि त्यस्तालाई कानुनी दायमा ल्याउनुपर्ने आफन्तको भनाईछ ।

बालिकामाथि बलात्कार गरेर हत्यादेखि आफै आत्महत्यागर्नेसम्म बिरेन्द्र पुगेको केही आफन्तको भनाई छ । ‘एउटा घटना त घटिहाल्यो, ‘बालिकाका आफन्तले भने, ‘अर्को घटनाबाट जोगियो, कदमकदाचित बिरेन्द्रले बालिकालाई बलात्कार गरेर घाटी च्यापेर हत्या गरेर आफै आत्महत्या गरेको भए आज के हुन्थ्यो ।’ बिरेन्द्रले आत्महत्या गर्ने प्रयास गरेपछि पीडित बालिकका परिवारले छोरी बलात्कार गरेको चिन्ता भन्द पनि आफ्नै घरमा आत्महत्या गरेपछि भोलीका दिनमा फस्ने बढि चिन्ता गरेका छन् ।

ताजा समाचार

This will close in 10 seconds