जनप्रतिनिधी र कर्मचारीका कारण बेलडाँडी कोरोनाको उच्च जोखिममा

असार पहिलो पटक अप्रत्यासित रुपमा एकसाथ बेलडाँडीमा १५जनामा कोरोना पुष्टी भयो । सेती प्रादेशिक अस्पतालमा गरिएको स्वाव नमुन परीक्षणबाट भारतबाट फर्किका बेलडाँडी गाउँपालिका २ र ५ का १५ जनामा कोरोना पृष्टी भयो । कोरोना पुष्टी हुने वितिकै अन्य स्थानीय तह र सम्बन्धीत तहका स्वास्थ्यका कर्मचारीले उपचारक लगि अस्पताल ल्याए ।   तर कोरोना पृष्टी भएको दुई दिन वितिसक्दा पनि बेलडाँडीले अझैसम्म पनि उनीहरुलाई अस्पताल ल्याएको छैन् । समान्य ज्वरो, बिरामी पर्दा पनि यथाशिघ्र उपचारका लागि अस्पताल ल्याईन्छ । तर, उनीहरुलाई उपचारको साटो क्वारेन्टाईनमै हुलिएको छ ।

केही जनप्रतिनिधी र स्वास्थ्यकर्मीको लाचारीपन विज्ञकै जस्तो जान्ने भएकाले बेलडाँडीम कोरोना जोखिम बढाएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोन जस्तो रोगका लागि लगि उनीहरुले ख्यालख्याली रुपमा हेरेका छन् । संक्रमितले अस्पताल आउँन नमानेको बहानाबाजी गरेर अस्पताल ल्याउन प्रयास समेत नगरेपछि स्थानीय जनता जनप्रतिनिधी र कर्मचारीप्रति आक्र्रोसित भएका छन् । कोरोना जस्तो भयानक रोग लागेको पुष्टी हुँद पनि जनप्रतिनिधी कर्मचारीले उनीहरुलाई औल गन्दै घर जानका लागि उल्टै आवश्वासन दिईरहेका छन् । संक्रमित क्वारेन्टईनबाटै घर गएपछि निको भएको वैज्ञानिक प्रमाण के ? भन्दै स्थानीयले संक्रमितको अस्पतालम उपचार नगर्दै घर पठाउन नहुने सुझाव दिएका छन् । संक्रमितको स्वास्थ्यमा एक्कसी राती समस्या आए कसरी कहाँ लग्ने उपचार बारे छटपटीनुभन्दा समयमै अस्पतल लगेर उनीहरुको स्वस्थ्यबारे गम्भिर हुनुपर्ने सुझाव दिएका हुन् । कोरोना बिरामीको उपचारका लागि लाखौँ बजेट आउँदा पनि बेलडाँडीका जनप्रतिनिधीले उनीहरुलाई क्वारेन्टाईनमै राख्नु दुखत भएको स्थानीयको टिप्पणी छ । स्थानीयले सोझै घर पठाउँदा घर आउनेलाई पनि समाजमा हेर्ने दृष्ट्रिकोण फरक हुने भएकाले संक्रमित स्वयले पनि अस्पतालमा गएर उपचार पछि मात्रै घर फर्किनुपर्ने सुझाव दिएका छन् ।

संक्रमित घर गएर उनीहरुबाट परिवार, परिवारबाट छिमेकी सिङ्गो समाज उच्च जोखिम मात्र नभई बेलडाँडी कोरोनाका लागि सोतर बन्ने भएकाले यस तर्फपनि ध्यान दिनुुपर्ने उनीहरुको भनाई छ । १५जना कोरोना संक्रमित बेलडाँडी गाउँपालिका २ स्थित रौलेश्वर माविको भवनमा निर्माण भएको क्वारेन्टाईनमा राखिएका छन् । जनप्रतिनिधी, कर्मचारी गम्भिर नहुँदा उनीहरुको लाचारपनका कारण सिङ्गो समुदाय सोतर बन्ने भएकाले समयमै अन्य माथिल्ला निकायले ध्यान दिनुपर्नेमा स्थानीयको माग छ । क्वारेन्टाईनमै कसैको मृत्यु भएमा बिरामी भएर उपचारका लागि लैजादा विच बाटैमा मृत्यु भएमा कसले जिम्मेबारी लिने भन्दै प्रशन टिका टिप्पणी शुरु भएका छन् । संक्रमित मध्ये केहीले अस्पताल जान जाहेका छन्, भने केहीले जनप्रतिनिधी र कर्मचारीले छलकपट गरेकाले उनीहरु बिरुद्धको लडाई समेत भनेका छन् । एक संक्रमितले क्वारेन्टाईनबाटै सिधै घर जाँद समाजमा बस्न वातावरण सिर्जना नहुने भएकाले अस्पतल जानुको विकल्प नभएको बताए । ‘हेनुहोस हजुर हामी केही जना अस्पताल जान चाहन्छौँ, ‘उनले भने, ‘तर हामी जानेलाई लग्दैन्, नजानेसंग जनप्रतिनिधी कर्मचारीले बलबुदा गरिरहेका छन् ।’ कसैले अस्पताल जान्न भनेपनि सरकारी निकायले उनीहरुलाई अस्पताल ल्याउनैपर्ने हुन्छ । बेलडाँडी गाउँपालिकाले संक्रमितहरुको अनावयक अडान, रडाको र डाक्टरभन्दा धेरै जान्ने भएकाले उनीहरु अस्पताल आउने अटेरी गरिरहेको जनाएको छ । जनप्रतिनिधीले आफुहरुले न्वाँरनदेखिकै बल लगाएर अस्पताल ल्याउँन खोज्दा पनि उनीहरुले औधी अटेरी गरेको बताएका छन् ।

बेलडाँडी स्वास्थ्य शाखा प्रमुख माधवानन्द भट्टले जिल्लाबाट डाक्टरको टिम आउँदा पनि उनीहरुले अटेरी गरेको बताए। ‘हामीले उहाँहरुलाई अस्पताल जान आग्रह गर्दा पनि मानने, ‘उनले भने, ‘अब यस बारेमा निर्णय नै गछौँ ।’ बेलडाँडी गाउँपालिका प्रवक्ता अमर खत्रीले क्वारेन्टाईनमा बस्नेहरुले अस्पताल जान्न भनेर अटेरी गरेपछि के गर्ने भन्ने विषयमा छलफल अघि बढिरहेको बताए । ‘हामी जनप्रतिनिधी यसमा गम्भिर र चिन्तित भएका छौँ, ‘उनले भने, ‘उनीहरु खै किन जान्न भनिरहेका छन् ।’ आफै जान्न भन्ने भोली दुर्घटना हुँदा जनप्रतिनिधी र कर्मचारी स्थानीय सरकारको टाउकोमा दोषारोपण आउने बुद्धिजिवीको टिप्पणी छ । बेलडाँडीका बुद्धिजिवीहरुले बिरामीले जान्न भनेपनि मरिहत्ते गरेपनि अस्पताल ल्याएर प्रकृया अनुसार डिस्चार्ज गर्नुपर्नेमा जोडदिएका छन् । उनीहरुलाई अस्पताल नलगिकनै क्वारेन्टाईनबाट छाडेर समुदायमा संक्रमण फैलाएर स्थानीय सरकार बिरुद्ध आन्दोलनको आँधिबेहरी ल्याउने केही युवाहरुले चेतावनी दिईरहेका छन् । यसप्रति स्थानीय सरकारले गम्भिर भएर पछि आउने महासंकट सामना गर्नका लगि तयार हुन स्थानीयको सुझाव    छ ।

ताजा समाचार