पर्यावरण र वन्यजन्तु संरक्षणका लागि वन अपराध नियन्त्रण विशेष कार्यदल परिचालन

  • कृष्ण नेपाली

लकडाउनको मौकछोपी वन तथा वन्यजस्तु चोरी तस्करी बढेपछि कञ्चनपुरको बैजनाथ सामुदायिक वनले वन र वन्यजन्तु संरक्षणका लागि विशेष कार्यदल परिचालन गरेको छ ।


शुक्लाफाँटा नगरपालिका ८को बैजनाथ सामुदायिक वनले वनमा हुनसक्ने चोरी तस्करी नियन्त्रणका लागि विशेष कार्यदल परिचालन गरेको हो । सरकारले सामुदायिक वनमा जेठ अन्तिम सातादेखि काठ दाउरा संकलनमा प्रतिबन्ध लगाएपछि वनमा हुनसक्ने सम्भावित चोरी तस्करी रोकथामका लागि विशेष कार्यदल खटिएको जनाएको छ ।

सामुदायिक वनका अध्यक्ष बहादुर महराले पर्यावरण, वन र वन्यजन्तु संरक्षणका लागि विशेष सुरक्षा तालिमबाट वन अपराध नियन्त्रण विशेष कार्यदल परिचालन गरिएको बताए ।

उनका अनुसार उक्त टोलीले वनमा सुक्ष्म गस्ती गर्दै चोरी तस्करीलाई सुन्यमा छार्ने छ । लकडाउनकै विचमा उक्त सामुदायिक वनबाट काठ चोरी तस्करी गर्ने समुहमाथि वनले एक्सन लिदै नियन्त्रणमा लिएर कार्बाहीका लागि वनमा बुझाएको थियो । उजाडमरुभूमीमा अहिले बैजनाथ सामुदायिक वन संरक्षण सम्र्बद्धनमा अब्बल भएको छ । उक्त सामुदायिक वनले पर्यावरण, वन र वन्यजन्तु संरक्षणका लागि अगाडी सारेको पहल प्रसंसनिय भएको भन्दै चौतर्फि रुपमा उदाहरणीय बनेको छ ।

ताजा समाचार

This will close in 10 seconds