भारतमा रोजगारी गुमाएका मजदुरका परिवारलाई खाद्यान्न

 भारतमा रोजगारी गर्दै गुजारा चलाउने आएका नेपाली मजदुरका आश्रित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । अमेरिकामा रहेका नेपालीबाट प्राप्त सहयोग मार्फत कञ्चनपुरको भीमदत्त नगरपालिका १३ का मजदुर परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।

अध्ययनका लागि अमेरिका गएका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उप प्राध्यापक टेकेन्द्र प्रशाद भट्टको पहलमा संकलन गरिएको रकमबाट भारतमा रोजगारी गुमाएका मजदुरका परिवारलाई खाद्यान्न वितरण गरिएको हो । शनिबार एम्नेष्टी ईन्टरनेशनलका सदस्य एव कञ्चनपुरका विद्यार्थी नेता नरेन्द्र भाट, सुप विश्वविद्यालयका उप प्राध्यापक मनिस ओझाले उक्त राहत वडा भीनपा १३का स्थानीय एव शिक्षक लोकराज पन्तलाई हस्तान्तरण गरेका छन ।

विद्यार्थी नेता भाटका अनुसार चामल, दाल, तेल, नुन, बेसार लगायतका खाद्यान्न समाग्री हस्तान्तरण गरिएका छन् । ‘यस पटक भारतमा रोजगारी गुमाएका नेपाली मजदुरका घर परिवारका लागि राहत दियौँ, ‘उनले भने, ‘नेपालीको रोजगारी गुम्यो, उनीहरु काममा फर्किएका छैनन, क्वारेन्टाईनमा छन, घरमा समस्या भएको छ ।’ सुप विश्वविद्यालयका उप प्राध्यापक एव राहत वितरण अभियानमा खटिएका मनिस ओझाले अभियान जारी रहने बताए । उनले लकडाउनका कारण समस्यामा परेकाहरुका लागि अभियानलाई पारदर्सी ढङगबाट अघि बढाउने बताउदै अमेरिकामा सहयोग जुटाउने टेकेन्द्रं भट्ट सहितका नेपालीलाई धन्यवाद दिएका छन् ।

यस अघि पनि उक्त अभियान अन्र्तरगत कञ्चनपुरका विद्यार्थी, बृद्धआश्रम, अनाथालय, लगायत मजदुरलाई राहत दिईएको थियो ।

ताजा समाचार

This will close in 10 seconds