भीमदतनगर – १५मा रेविज रोग विरुद्ध एक दिने निःशुल्क खोप शिविर सञ्चालन

भीमदतनगर – १५को राधाकृष्ण टोलमा १ दिने रेविज रोग विरुद्ध निःशुल्क खोप शिविर सञ्चालन भएको छ । वडामा रहेका कुकुरहरुलाई रेविज रोग लाग्न नदिन भीनपा –१५ को वडा कार्यालयले शिविर सञ्चालन गरेको हो । वडामा रहेको विभिन्न टोलहरुमा विभिन्न समय समयमा यस प्रकारको कार्याक्रम सञ्चालन गर्दै आएको वडाका सचिव भोजराज जोशीले बताउनु भयो । भीमदत्तनगरपालिका आर्थिक विकास शाखा पशु सेवा उपशाखाले आयोजना गरको कार्यक्रममा करीब सय वटा कुकुरलाई खोप सुविधा दिइएको छ भने बाँकि कुकुर धनिले वडा कार्यालयबाट पनि सेवालिन सकिने भेटनरी जेटिए टेकसिह भाटले बताउनु भयो ।


यसरी आफ्नै गाँउ ठाँउमा खोप लगाउन पाउदा सबेको पहुचमा पुगनुका साथै समयको बचत पनि हुने स्थानिय दिपक चन्दले बताए ।

रेविज रोग विरुद्ध निःशुल्क शिविर कार्यक्रमका वडा अध्यक्ष भीम बहाद्र शाहुको अध्यक्षता रहेको थियो, प्रमुख अतिथी पशुपक्षी मत्स्य विकाश निर्देशानालय सुदूरपश्चिम प्रदेश दिपायलका निर्देशक डा. मदन सिह धामी रहनुभएको थियो, विशिष्ट अतिथी डा. पान सिह ठगुन्ना रहन् भएको थियो अतिथीमा कृषक स.स. अध्यक्ष कृष्णदत्त भट्ट रहन् भएको थियो भने कार्यक्रम सञ्चालन वडा सचिव भोजराज जोशीले गर्नु भएको थियो ।

ताजा समाचार