पिसिआरको दायरा बढाउन र क्वारेन्टाईन व्यवस्थापनको माग राख्दै ज्ञापन

नेपाली काँग्रेस कञ्चनपुरले कोरोना महामारीबाट बाँच्नका लागि पिसिआर विधीबाट परीक्षणको ब्यापक दायर बढाउन र क्वारेन्टाईनको उचित व्यवस्थापनको माग अघि सारेकोछ । नेपाली काँग्रेसले क्षेत्र नम्बर १ का चारै स्थानीय तहमा ज्ञापन पत्र बुझाउँदै पिसिआर परीक्षणको दायर बढाउन र क्वारेन्टाईनको उचित व्यवस्थापनको माग अघि सारेको हो ।

नेपाली काँग्रेसका नेता गोपाल सिह गुरुङ्गले पछिल्ला दिनमा सरकारले कोरोनाका अबौँ खर्च गरिसक्दा पनि पिसिआरको दायरा नबढाएका कारण कोरोनाको संक्रमण बढेको भन्दै रोकथामका स्थानीय तह सकृय हुनुपर्ने बताए । काँग्रेस नेता गुरुङ्गले बेलडाँडी, बेलौरी, लालझाडी र पुर्नवास स्थानीय तहमा ज्ञापन पत्र बुझाईएको बताए ।

उनका अनुसार पिसिआर मेसिन खरिद गरे प्रकृया अघि बढाउनुपर्ने, परिक्षणको दायरा बढाउनुपर्ने, महामारीको कारखाना बन्दै गरेका क्वारेन्टाईन सुधारको माग अघि सारिएको छ । भने कोडिभ १९ को खर्चको विवरण माग गरिएको छ । शिशु, बालबालिका महिला, गर्भवति, सबैको सुरक्षाको माग गरिएको छ ।

कोरोनाका कारण किसान समस्यामा परेका भन्दै उनीहरुको ऋण मिनाहको समेत माग अघि सारिएको छ । काँग्रेसले बुझाएको ज्ञापन पत्रमा चारै स्थानीय तहका प्रमुख एव जनप्रतिनिधीले सकारात्मक रुपमा कोडिभ १९ रोकथाम तथा नियन्त्रणका लागि काँग्रेसका केही सुझाव लिएर अघि बढ्ने जनाएका छन् ।

ताजा समाचार