नेवि संघद्वारा झलारीमा सरकार विरुद्ध प्रदर्शन

नेपाल विद्यार्थी संघ शुक्लाफाँटा नगरपालिका समन्वय समितिको नेतृत्वमा शुक्रवार झलारी बजारमा र्‍याली निकालिएको छ । ‘सरकारको अकर्मण्यताका विरुद्ध विरोध प्रदर्शन’ लेखिएको व्यानर सहित नेता कार्यकर्ताको र्‍याली बनसमिति बजारबाट झलारीसम्म पुगी कोण सभामा परिणत भएको हो ।

सरकारको भर, कसरी तिर्ने कर !” “दस अर्व खोइ ?” लगायतका नाराहरु लेखिएका प्लेकार्ड बोकेर आयोजित प्रदर्शनमा नेपाली कांग्रेस महासमिति सदस्य लाल बहादुर सिंह, नेपाल तरुण दल शु.न.पा. सभापति ज्ञानेन्द्र बहादुर सिंह, गणेश विष्ट, नेत्री धर्मा विष्ट, विद्यार्थी नेता जीवन पाण्डेय, गोकुल अवस्थी, विक्कि नेगी लगायतको उपस्थिति रहेको उक्त विरोध प्रदर्शनमा गोकुलदेव अवस्थी निवर्तमान क्षेत्रीय सभापति नरेन्द्र प्रसाद भट्ट लगायतका वक्ताहरुले कोरोनाको संक्रमण थप फैलन नदिन सरकार संवेदनशील हुनुपर्ने, खर्चको हिसाबकिताव चुस्त हुनुपर्ने, कोरोना टेष्टलाई बढाउनुपर्ने माग राखेका थिए । यसैगरि उनीहरुले क्वारेन्टीनमा स्वयंसेवकद्वारा नै बलात्कार हुनु र आत्महत्याका बीभत्स घटना घट्नु निकै लाजमर्दो र असह्य भएको भन्दै यस्ता घटना हुन नदिन सरकारले ठोस कदम चाल्न समेत माग गरेका थिए ।

ताजा समाचार