कोरोना जितेर महाकाली अस्पताल बाट एकैदिन १४ जना डिस्चार्ज

 

कोरोना जितेर कञ्चनपुरको महाकाली अस्पतालबाट एकैदिन १४जना डिस्चार्ज भएका छन् । शुक्रबार महकाली अस्पतालबाट १४जना डिस्चार्ज भएका हुन् । महाकाली अस्पताल स्रोतका अनुसार कोडिभ १९ को केश आईसोलेशन व्यवस्थापन सम्बन्धी निदेशिकाको बुदा नम्बर २.३(क) अनुसार आईसोलेशन कक्षमा १४ दिन पुरा गरेको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र रामशाहपथको पत्राचार अनुसार एक साता होम क्वारेन्टाईनमा बस्ने गरि उनीहरु डिस्चार्ज गरिएको छ । भीमदत्त नगरका पाँच, शुक्लाफाँटा नगरका दुई र पुर्नवास नगरका सात जना एकसाथ कोरोना जितेर घरतिर गएका हुन् ।


पुर्नवास नगरपालिका ९का दिनेश सुनार, प्रेमसिह सुनार, भीम बहादुर सुनार, गणेश सुनार, दिल बहादुर सुनार, नैन सिह सुनार र विष्णू लुहार भीमदत्त नगरपालिका २ का नवराज कपाडी, ६ मानमति धामी, दिपेश धामी, १७का दिपक सिह ठकुराठी, १८का रेवती साउद, शुक्लाफाँटा नगरपालिका ७का दिपेश भट्ट, ११का गणेश सुनार डिस्चार्ज भएका छन् ।
उनीहरुलाई महाकाली अस्पताल व्यवस्थापन समितिका पदाधिकारी चिकित्सक एव स्वास्थ्यकर्मीले खादा र टिका लगाएर विदाई गरेका छन् । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण्दत्त जोशी(बोक्सर)ले १४ जना निको भएर विदाई गरिएको बताए । ‘पहिले अन्य रोगका बिरामी पनि रिर्फर हुन्थे, ‘अध्यक्ष जोशीले भने, ‘अहिले कोरोना जस्तो जटिल रोग पनि उपचारमा सफल भईरहेका छौँ ।’ उनीहरुले अस्पतालमा नियमित चेकजाँच उपचार पछि निको भएको प्रतिकृया जनाएका छन् । बाँच्ने आश नभएपनि अस्पतालको उपचारपछि निको भएर घर जाँदा आफुहरु हर्षित भएको उनीहरुले बताएका छन । कुनै दिन रिर्फर सेन्टर बनेको महाकाली अस्पतालमा अहिले कैलालीबाट समेत बिरामी उपचारका लागि आएका छन् । कोरोना संक्रमितले उपचारपछि निको हुने र त्यसका लागि आत्मविश्वास हुनुपर्ने जोडदिदै अस्पतालबाट सहयोग मिलेको बताएका छन् ।

ताजा समाचार

This will close in 10 seconds