संकटको समयमा थपिएको मिडिया जिम्मेवारी

कोभिड–१९ ले निम्त्याएको बिश्वब्यापी महामारीको यस समयमा बिश्व नै लगभग ठप्प छ। कोरोनाको संक्रमणले त्राहिमाम भएको समाजमा हरेक मानिस भयभित भएका छन। बदलिदो सुचना प्रबिधिको कारण हरेक मानिसले बिबिध खाले सूचना प्राप्त गरिरहेका हुन्छ्न।

ती कतिपय सत्य त कतिपय असत्य तर त्यस्को प्रत्यक्ष असर भने आम जनसमुदाएमा परेको कुरामा दुइमत छैन।यस जटिल समयमा सहि सूचना सम्प्रेसण गरि उपयुक्त र सहज बाताबरण निर्माण गर्न मिडियाको अहम भुमिका हुन्छ। यसलार्इ पुरागर्न हरेक मिडियाले आफ्नो कलम र आवाज अगाडि बढाउनु पर्ने छ। अफसोच अहिले छापा माध्यमहरु सहजरुपमा प्रकाशित र बितरण हुने अबस्था भने छैन।

तेसैले छापा माध्यमका पाठकहरु ईन्टरनेटमा हुने सुचनाको अनियंत्रित बाढीमा सत्य समाचार र सुचना खोज्नमा तल्लिन छन। भरखरै मात्र ईन्टरनेटको पहुच हुनथालेका हाम्रो जस्तो बिकासोन्मुख देशमा कतिपय अबस्थामा मिडिया साक्षरताको कमिका कारण गलत सूचनाले बढी प्रभाब पारेको थुप्रै उदाहरण छन। यो कुरा मिडिया नीति अनुरुप हैन। जस्ले जटिल बाटोमा उभिएको समाजलाइ झन धर्मराउने गरेको छ। नेपालमा सुरु भएको लकडाउन पुर्ब हामिले छापामाध्यम मार्फत आम नागरिकलाइ सुसूचित गराउने गरेका थियौ।

लकडाउनको समयमा त्यो प्रयासमा ब्यबधान आएको कारण हाम्रा पाठक केही असहजता भएकोले कुरालाइ मध्यनजर गरि छापा माध्यमका साथै आजकै दिन देखि वेब पत्रकारिता मार्फत फेरि पनि सहि सूचनाको बाहाक बनी सेवा गर्ने प्रतिबद्धता गर्दछौंँ।

ताजा समाचार