भीमदत्त नगरपालिकाको सातौँ नगर सभा शुरु

 भीमदत्त नगरपालिकाको सातौ नगर सभा सुरु भएको छ । स्थानिय तह निर्वाचनपछि यो बजेट सहित तेस्रो सभा छ । नगर सभाबाट आगामी आर्थिक बर्ष २०७७/ ०७८ को बार्षिक निति, कार्यक्रम तथा बजेट पारित गरिने छ ।

नगर सभामा आगामी बर्षका लागी एक अर्ब ४६ करोड ७५ बजेट सहित निति कार्यक्रम पेश गरिएको छ । कोरोना महामारीलाई मध्यनजर गरि स्वास्थ्य, शिक्षा, रोजगार, उत्पादनलाई प्राथमिकता दिएर निति, कार्यक्रम र बजेट बनाइएको छ । गत बर्ष एक अर्ब ३० करोड बजेट बिनियोजन गरिएको थियो । नगर उप प्रमुख सुशिला चन्द सिंहले निति, कार्यक्रम बजेट प्रस्तुत गरेकी छ्न ।

अहिले निति कार्यक्रम तथा बजेटमाथी छलफल गरिएको छ । नगर सभालाई सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरु प्रकाश रावल, मान बहादुर सुनार र लाल बहादुर खडकाले सम्बोधन गरेका छ । प्रदेश सभा सदस्री पूर्व राज्य मन्त्री रावलले नगर सभाबाट पारित योजना कार्यान्वयनका लागी प्रदेश सरकार सहकार्य गर्ने बताए । स्थानिय सरकारले पास गर्ने योजना कार्यक्रममा प्रदेश सरकार सहकार्य र समन्वय गरि जाने प्रतिवद्वता गर्दछ पूर्व मन्त्री रावलले भने । कोरोना महामारिका कारण भारतबाट घर फर्किएका नागरिकलाई रोजगरी दिने गरि बजेट आउनु पर्ने उनले बताए ।

रोजगारीका लागी भारत जानु पर्ने बाध्यता सधैका लागी अन्त्य गर्नु पर्ने पूर्व राज्य मन्त्री रावलको भनाई थियो । भारतबाट घर फर्किएकालाई रोजगारीका लागी कृषि उत्पादन कार्यक्रम सन्चालन गरिनु पर्नेमा रावलले जोड दिए । स्थानिय तहले भारतबाट आउने तरकारीको आयात रोक्न गरि बजेटमा कार्यक्रम ल्याउनु पर्ने रावलले बताए । पूर्व राज्य मन्त्री रावलले कृषिमा आधारित उद्योग पहिचान र सिचाई कार्यक्रमलाई प्राथमिकता दिनु पर्ने बताए । सुदूरपश्चिम प्रदेशका सवै जिल्लामा आयात न्यूनिकरण हुने गरि प्रदेश सरकारले बजेट ल्याएको उनले बताए । प्रदेश सभा सदस्य मान बहादुर सुनारले भीमदत्त नगर पालिकाले तिन बर्षमा बिकास निर्माणमा फड्को मारेको उल्लेख गर्दै सातौ नगर सभाबाट नगर बिकासको ठोस निति र कार्यक्रम पारित हुने विश्वास व्यक्त गरे । कोरोना महामारीका कारण बिश्व समस्यामा परेकोले यस बिरुद्द जन प्रतिनिधिले देखाएको साहस महत्वपूर्ण भएको उनले वताए ।

दोधारा चादनिमा सुख्खा बन्दरगाह, महाकालीमा चार लेन पुल, मझगाउ बिमानस्थल, महाकाली अस्पताल सुधार लगायतका ठूला योजनालाई तिनै तहको सरकारले प्राथमिकता दिएको प्रदेश सदस्य सुनारले बताए । उनले सिमा अतिक्रमण बिरुद्ध सबैले एकजुट भएर आवाज उठाउनु पर्ने जोड दिए। भारतले चिन संग मिलेर नेपाल आफू बिरुद्द उभिएको गलत आरोप लगाइ रहेको उल्लेख गर्दै उनले नेपाल आफ्नो भूमी फिर्ताका लागी सधै लागी रहने बताए । नगर सभालाई सम्बोधन गर्दै अर्का प्रदेश सभा सदस्य लाल बहादुर खडकाले स्थानिय तहका माग अनुसारका योजनालाई प्रदेश सरकार प्राथमिकता दिने बताए । उनले भीमदत्त नगरपालिकाले कोरोना भाइरस परिक्षणका लागी पिसिआर मेसिन किन्ने निर्णय गरेकोमा धन्यबाद दिदै प्रदेस सरकार सक्दो सहयोग गर्ने बताए । प्रदेश सरकारले कोरोना महामारीलाई सम्बोधन हुने गरि कृषिलाई आधुनिकिकरण, व्यवसायिकरणका कार्यक्रम ल्याएको बताए । एक गाउ एक उत्पादन कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उनले अनुदानका कार्यक्रमलाई बजेटमा समाबेश नगरिएको खडकाले बताए ।

अनुदानका कार्यक्रमबाट जिवन स्तरमा सुधार आउन नसकेको उनको भनाई थियो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले नगर सभाको अध्यक्षता गरेका छ्न । उनले कोरोना महामारीका कारण उत्पन्न संकटलाई मध्यनजर गरि आगामी वर्षको निति, कार्यक्रम बजेट पेश गरिएको बताए । बजेटमा एक सहकारी एक उत्पादन, गरिब पहिचान, योग खेलकुद कार्यक्रम, एक वडा एक उत्पादन, करेसाबरी निर्माण लगायतका नया कार्यक्रम समाबेश गरिएका छ्न ।

ताजा समाचार

This will close in 10 seconds