भिमदत्त ४ मा एक जना मृत अवस्थामा फेला

कञ्चनपुरको भीमदत्त नगरपालीकाका वडा नम्बर ४ स्थित हनुमान मन्दिर नजिकैको खोलामा एक जना मृत अवस्थामा फेला परेका छन् । बुधवार सोही वडाका ६८ वर्षिया मदन राज भट्ट हनुमान मन्दिर नजिकैको खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताउनुभएको छ । उनले भने ‘भट्टको खोला नजिकै बेवारीसे अवस्थामा शव फेला परेको हो । मृत मदन राज भट्ट् गत जेठ ३१ गते सनिवार देखी हराईरहेका थिए । जिल्ला प्रहरी कार्यालय अहिले घटना बारे थप अनुसन्धान गरीरहेको थापाले बताए ।

ताजा समाचार