लागुऔषध सहित दुईजना पक्राउ

कञ्चनपुरको बेलौरीमा सशस्त्र प्रहरी बलको टोलीले लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका वडा नम्बर १० बस्ने २५ वर्षीय रामु खाँण ठकुरी र बेलडाँडी गाउँपालिका ३ बस्ने २३ वर्षीय आशिष उपाध्यायलाई अन्दाजी ०.६१ ग्राम खैरो हेरोइन जस्तो देखिने लागु औषध सहित बुधबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक गंग पन्तले बताउनु भयो । उहाँका अनुसार, उनीहरु दुवैलाई म २ प ९६१८ नम्बरको मोटरसाइकलमा सवार रहेको बेला बेलौरी नगरपालिका ८ स्थित नेपाल भारत सीमा स्तम्भ नम्बर ३८ नजिकबाट नियन्त्रणमा लिइएको र थप अनुसन्धान तथा कार्वाहीका लागि उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलौरीको जिम्मा लगाइएको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले बताउनु भयो ।

ताजा समाचार