कैलालीमा क्वारेन्टिन भित्रै ३१ वर्षिया महिलामाथि सामुहिक बलात्कार


महेन्द्रनगर । कैलालीमा क्वारेन्टिनमा बसेकी एक महिलामाथि तीन जनाले बलत्कार गरेका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका–१ स्थित सहिद स्मृती माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेकी ३१ वर्षीय महिलामाथि बलात्कार भएको लम्कीचुहा नगरपालीकाकी नगर उपप्रमुख टिका थापाले बताइन् ।

उनले भनिन्‘क्वारेन्टिनमा स्वयमसेवकका रुपमा राखीएका तीन जना पुरुषले नै उत्त क्वारेन्टिनमा बसेकी महिलामाथी बलत्कार गरेको मैले खबर पाएकी छु ।’ ‘अहिले घटना स्थलमा स्थानियहरु आन्दोनमा उत्रिएका छन् ।

बास्तविक कुरा के हो म पनि बुझदै छु ।’ उनले भनिन् ‘पीडित महिलाले क्वारेन्टिनमा स्वंयमसेवकको रुपमा राखिएका तीन जनाले आफुमाथि बलात्कार गरेको बताइकी छन् ।’

घटनाबारे बुझन जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टलाई बारम्बार फोन गर्दा पनि फोन उठाएनन् ।

ताजा समाचार

This will close in 10 seconds