बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मुम्बई बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । इन्डिया टुडेका अनुसार सुशान्त लकडाउन यता घरमा एक्लै थिए ।

उनको पोस्टमार्टम रिर्पोट आउन बाँकी छ ।

‘कोई पो चे’बाट डेब्यु गरेका सुशान्त अभिनित ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम.एस धोनी’, ’पिके’, ’शुद्ध देसी रोमान्स’, ’सोनचिडैया’ लगायतका फिल्म प्रदर्शनमा आएका छन् ।

फिल्म अगाडि उनी टेलिभिजनमा काम गर्थे । उनका साथीले आज तकलाई बताए अनुसार उनी पछिल्लो ६ महिनादेखि डिप्रेसनको शिकार थिए ।

ताजा समाचार

This will close in 10 seconds