भारतीय सेना प्रमुख नाराभानको बोली अचनाक फेरियो: ‘हाम्रो सम्बन्ध बलियो छ’

नयाँदिल्ली – रतीय सेनाप्रमुख एमएम नाराभानेले अनपेक्षित रुपमा नेपाल र भारतको सम्बन्ध सधैँ बलियो हुने बताएका छन् ।

नेपालको संसदमा नयाँ नक्सासहितको राष्ट्रिय चिन्ह जारी गर्नुअघि उनले यस्तो बताएका हुन् । नेपाल र भारतको सम्बन्ध भविष्यमा पनि बलियो रहने उनको प्रतिक्रिया छ । नेपालको संसदमा शनिबार नै लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नक्सालाई औपचारिकता दिन संविधान संशोधन गरिँदैछ ।

यसको केही घण्टाअघि मात्रै भारतीय सेनाप्रमुखले नेपालसँगको सम्बन्धबारे खुलेर बोलेका हुन् । जब कि, नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नक्सा जारी गर्दा भारतीय सेनाप्रमुखले नेपाललाई चीनबाट निर्देशित भएको आरोप लगाएका थिए ।

साथै उक्त भूभाग भारतकै भएको उनको दावी थियो । ‘नेपालसँग हाम्रो बलियो सम्बन्ध छ, हामीसँग भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक सम्बन्ध छन् । हामीसँग जनता-जनताबीच पनि बलियो सम्बन्ध छ । उनीहरुसँग हाम्रो सम्बन्ध सधैँ बलियो हुनेछ र भविष्यमा पनि सधैँ रहिरहनेछ,’ भारतीय सेनाप्रमुख एमएम नाराभानेले भने ।

नेपालको संसदमा भने शनिबार दिउँसो नै संविधान संशोधन हुँदैछ । गत महिना मात्रै भारतीय सेनाप्रमुखको अभिव्यक्तिलाई लिएर नेपालका नेताहरुबाट पनि टिप्पणी आएका थिए । नाराभानेको पछिल्लो अभिव्यक्तिलाई अनपेक्षित ठानिएको छ ।

ताजा समाचार

This will close in 10 seconds