कञ्चनपुरमा खुकुलो पारियो लकडाउनः के खुल्छ, के खुल्दैन् ? यस्तो छ आदेश

महेन्द्रनगर ३० जेठ । जिल्ला प्रशासन कार्यालयले लकडाउन खुकुलो पारेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जिल्लाको हकमा लकडाउन खुकुलो सम्बन्धि आदेश जारी गरेका छन् ।

शुक्रबार एक सुचना मार्फत गर्दै प्रमुख जिल्ला अधिकारी खतिवडाले लकडाउन खुकुलो सम्बन्धि आदेश जारी गरेका हुन् ।

८० दिन लामो लकडाउनपछि मन्त्री परिषदको जेठ २८ गते कोभिड–१९ सम्बन्धि बसेको बैठकले गरेको निर्णका आधारमा लकडाउन खुकुलो सम्बन्धमा आदेश जारी गरीएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।
उनको आदेश अनुसार जिल्लामा माक्स,सेनिटाइजर र सामाजिक दुरी कायम गरी स्वास्थ्य,कृषि,पशुपंछी,सम्बन्धि सबै सेवा सञ्चालन तथा बिक्रीवितरण गर्न पाउने छन् ।

यस्तै, उद्योग,व्यापार,व्यावसाय, पसल र डिपार्टमेन्ट स्टोरहरू खोल्न पाइनेछ । रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिनका लागी तोकिएका होटेल, यातायातका साधन पनि संचालन गर्न पाइने छ ।

सरकारी, निजी र वित्तीय संस्थाका कार्यालयहरु भने असार १ गते देखी खुल्नेछन् । तर बिहान ८ देखि दिउँसो १ र दिउँसो १ देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा चलाउनुपर्नेछ ।

यस्तो छ आदेश

त्यस्तै सबै प्रकारका ढुवानी सञ्चालन गर्न पाइने छ भने पैदल आवागमन समेत गर्न पाइनेछ । यातायातको हकमा दुइपांग्रे सवारीहरु चालक मात्र रहने गरी, निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चालक बाहेक २ जना मात्र रहने गरी चलाउन पाइने भएको छ ।

यस्तै फोहोरमैला ब्यवस्थापन,विद्युत,दमकल,एम्बुलेन्स,सञ्चार,हुलाक सेवा र नर्सरी तथा बनजन्य उद्यम सञ्चालन गर्न पाइनेछ । सम्पूर्ण विकास निर्माण, नदि तथा खानिजन्य उत्खनन र बिक्रिवितरण गर्न सकिने छ ।

यद्यपी सार्वजनिक यातायातका साधन, अन्तरिक तथा बाह्य हवाई सेवा अहिले पनि बन्द नै रहनेछ ।

यस्तै विद्यालय तथा शैक्षिक संस्थाहरू धार्मीक, सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।

यदि कसैले आदेशको अवहेलना गरेमा कानुन बमोजिम कारवाही गरीने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ताजा समाचार

This will close in 10 seconds