डोटीको दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
सँगै रहेका ज्वाईँ भरत खड्काका अनुसार, क्वारेन्टिाइन व्यवस्थापन लगायत कामको धपेडीले पछिल्लो १० दिन देखि स्वास्थ्यमा समस्या देखिएपछि धनगढीमा उपचार गरेर घरमै उनी आराम गरिरहेकी थिइन्।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
मलासीलाई एक्कासी बिहीबार राति श्वासप्रश्वासमा थप समस्या भएकाले प्रदेश सरकारसँगको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो। उनको ग्रान्डी अस्पतालमा उपचार शुरु गरिएको पनि खड्काले जानकारी दिए।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
डोटीको दिपायल सिलगढी नगरपालिकामा भारतबाट आएका दुई हजार जनाभन्दा बढी क्वारेन्टिनमा भएको उपप्रमुख शिवराज खड्काले बताए। अहिलेसम्म नगरपालिकामा कोरोना संक्रमित देखिएका छैनन्।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)