ड्युटीमा बसेका सैनिकको गोली लागेर मृत्यू

वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत सेनाका प्युठ डम्बरबहादुर विष्टको डिउटीकै वेला गोली लागेर मृत्यु भएको छ । गए राति १२ बजे आफैँले बोकेको एसएलआरबाट उनले आत्महत्या गरेको सेनाले जनाएको छ ।

अस्पतालको सुरक्षामा खटिएका उनले डिउटी परिवर्तन हुने समयमा आफैँलाई गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । शव पोष्टमार्टमका लागि लगिएको छ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार डिउटी फेर्ने समयमा अर्का सिपाही शौचालय गएका वेला उनले आफैँलाई गोली हानेका हुन् । विष्ट अस्पतालमा तालिमरत समेत थिए।

उनका आफन्त समेत सोही अस्पतालमा कार्यरत छन्। सेनाले घटनाको अनुसन्धान गरिरहेको पाण्डेले बताए।

ताजा समाचार

This will close in 10 seconds