आजदेखि निजी सवारी जोर-विजोर गरि सञ्चालन गर्न हुदैँ, दुई पांग्रेमा चालक मात्र

३० जेठ, काठमाडौँ । सरकारले लकडाउनको मोडालिटी परिर्वतन गरेसँगै भोलिबाट जोरविजोर प्रणालीमा निजी सवारी साधान चलाउने पाइने भएको छ ।

जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन । उपत्यकाको हकमा तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिने छ ।

यसअघि पास लिएर सञ्चालन भएको निजि सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चल्नु पर्नेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालका अनुसार ४ पाङ्गे सवारी साधनमा चालकसहित ३ जनासम्म सवार हुन सक्नेछन् । २ पाङ्गे सवारी साधन ( मोटरसाइकल, स्कुटर, मोपेड) मा भने चालक मात्र हुनु पर्नेछ ।

अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू वेलुका ९स्०० बजेदेखि विहान ५स्०० बजेसम्म चलाउन भने रोक लागाइएको छ ।

सार्वजनिक यातायात अर्थात कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चल्न पाइने छैन ।

जोर बिजोर प्रणालीलाई उल्लङ्घन गरेर सवारी साधन चलाउने उपर भने विभिन्न चेकप्वाइन्टमा खट्टिएका ट्राफिक प्रहरीले चेकजाँच गरी नियमानुसार कारवाही गर्ने कुरा महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई भने अनिवार्य पास लिएको हुनुपर्ने उनले बताएका छन् ।

ताजा समाचार

This will close in 10 seconds