२९ जेठ, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा चार दिनकी नवजात शिशुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्थानीय धुरालसैन माविको क्वारेन्टिनमा आमासँगै बसेकी ४ दिनकी नवजात शिशुमा समेत कोरोना संक्रमण देखिएको सेती प्रादेशिक अस्पताल स्रोतले जानकारी दिएको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
ती बालिका जेठ १५ गते जन्मेकी थिइन् । उनी जन्मेको चौथो दिनमा अस्पतालमा स्वाब संकलन गरिएको थियो । बाजुरा बुढीगंगामा ती नवजात शिशुसहित १७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
बिहीबार सुदूरपश्चिम प्रदेशमा २७ जनामा कोरोनाको संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । सुदूरपश्चिममा कुल संक्रमितको संख्या एक सय ९१ पुगेको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
सुदूरपश्चिमको बाजुरामा एक जना, कैलालीमा ७ जना, बझाङ थलाराका एकजना, बित्थडका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ । कैलालीका ७ संक्रमितमध्ये ६ जना गौरीगगाका हुन् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)