महेन्द्रनगर २७ जेठ ।
सुदूरपश्चिमका पुनः सञ्चालनको तयारी र बन्द अवस्थामा रहेका विमानस्थलको मंगलवार निरीक्षण गरिएको छ । नागरिक उड्डयन प्राधिकरणको प्राविधिक सहितको टोलीले सुदूरपश्चिमका उक्त विमानस्थलको निरीक्षण गरेको हो ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
टोलीले बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, बझाङको चैनपुर र डोटीको दीपायल विमानस्थलको हवाई निरीक्षण गरेको हो ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
सुर्खेतबाट आएको नेपाली सेनाको जहाजले ती सबै विमानस्थलको हवाई निरीक्षण गरेको थियो ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
पाटन, चैनपुर र दिपायल विमानस्थल कालोपत्रे भएर परीक्षण उडानका लागि तयारी अवस्थामा रहेका छन् भने गोकुलेश्वर विमानस्थल भने बन्द(कालोपत्रे नभएको) अवस्थामा रहेको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)